काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको राप्रपाको कार्यक्रमलाई प्रधानमन्त्रीले ओलीले भड्काउन खोजेको आरोप लगाएका छन् । मंगलबार संचारकर्मीसँगको छलफलमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
लिङ्देनले भने, प्रधानमन्त्रीले हाम्रो जेठ १५ को कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो । हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेका छन् । पत्रकारहरूले यसमा निष्पक्ष भएर समाचार सम्प्रेषण गरिदिनु पर्यो ।’
राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् ।
त्यहि दिन पारेर एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका थिए ।