काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै अल्टिमेटम दिएका छन् ।
प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ माओवादी,रास्वपा र राप्रपाका सांसद उठेका थिए । त्यसपछि सभामुखले दलका प्रतिनिधिहरूलाई बोल्न समय दिए ।
माओवादी उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटनामात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप लगाए । मुख्य आरोपी तीर्थ भट्टराई गृहमन्त्रीकै अग्रसरतामा त्यहाँ पठाइएको र गृहमन्त्रीको सचिवालय यो घटनामा प्रत्यक्ष जोडिएकोले राजीनामा दिएर अनुसन्धानलाई सघाउन आग्रह गरे ।