काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले १३ जेठमा बस्ने प्रतिनिधिसभाको बैठक सामान्य नहुने बताएको छ।
आइतबारको केन्द्रीय समितिको बैठकपछि प्रतिक्रिया दिने क्रममा कार्यवाहक प्रवक्ता मनीष झाले अब बस्ने प्रतिनिधिसभाको बैठक सामान्य नहुने बताएका हुन्।
मंगलबार गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू माथि उठ्का प्रश्नको जवाफ दिने बताएका छन् । रास्वपा कार्यवाहक झाले त्यस दिनको रणनीति के हुने ? अहिले नै नभन्ने तर सहज अवस्था नहुने संकेत गरे ।
प्रवक्ता झाले गृहमन्त्री लेखकले गृहमन्त्रीको बोलीप्रति प्रतिवाद गर्दै प्रमाणित भए राजीनामा दिने नभई जेल जानुपर्ने बताए ।