×
बिहिबार, असार २६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

माओवादीको पदाधिकारी बैठक बस्दै

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

पार्टी अवकाश बारेमा देउवा :’अप्ठ्यारो मान्छे हुँ,अरूले भनेर लिन्न’

लोकप्रिय समाचार

  • १. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • २. कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

  • ३. CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

  • ४. पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

  • ५. संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

  • ६. कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

  • ७. भोजपुरमा ज्वाइँले एकै ससुराली पक्षका ४ परिवारको हत्या !

  • ८. प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

  • ९. भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली

  • १०. कुलमानले सुरु गरे बहराइनबाट ‘उज्यालो अभियान’

सामाजिक सुरक्षा कोषले ४ लाख श्रमिक समेट्यो


  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
  • सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् । कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन् ।
    कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ । कोषमा १७ हजार सात सय ३९ रोजगारदाता आबद्ध भएका छन् । कोषले हालसम्म रु ३० अर्ब ११ करोड योगदान सङ्कलन गरेको छ । कोषले विभिन्न योजनाबापत योगदानकर्तालाई रु तीन अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ ।पछिल्लो समय कोषले सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै लगेको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषले जनाएको छ । औपचारिक क्षेत्रका श्रमिकलाई योजनामा आबद्ध गराउँदै आएको कोषले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई पनि कोषमा सूचीकृत गराउन थालेको छ ।
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आयोजित एक कार्यक्रमबीच वैदेशिक क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सूचीकृत गराउने कार्यको थालनी गरेका थिए । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सूचीकृत गराउन सुरु भएसँगै विदेशमा रोजगारी र स्वरोजगारमा रहेका लाखौँ श्रमिक योजनामा समावेश हुने अनुमान गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गर्दै आएको थियो । कोषले नियमितरुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालन गरिरहेको छ ।

    Advertisement

    बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन
    रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का
    माओवादीको पदाधिकारी बैठक बस्दै
    बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै
    गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा
    रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

    Facebook Page

    लोकप्रिय

    • १.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • २.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • ३.
      CG इलेक्ट्रोनिक्सले नेपालकै पहिलो QLED Karaoke TV सार्वजनिक गर्‍यो

    • ४.
      पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेमा विवाद गराउने प्रयास भएको प्रधानमन्त्री ओलीको दाबी

    • ५.
      संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

    • ६.
      कुलिङ पिरियड किर्तेमा छानबिन समिति बनाउन सभामुखले मागे दलहरूसँग नाम

    भर्खरै

    • १.
      रसुवामा बाढीको बितण्डा :क्षतिको विवरण संकलन गर्न समिति गठन

    • २.
      रविको पक्षमा मनिषा कोइरालाको हस्ताक्षर,कांग्रेसलाई ४४० भोल्डको झट्का

    • ३.
      माओवादीको पदाधिकारी बैठक बस्दै

    • ४.
      बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्दै

    • ५.
      गभर्नर पौडेलको मुद्दा अग्राधिकारमा

    • ६.
      रसुवाको बाढी:रसुवागढीमा सात जनाको मृत्यु, ५५ को उद्दार

    • ७.
      कुलमान घिसिङको युएईमा नागरिक अभिनन्दन

    • ८.
      जीबी राई पक्रन नसकेको भन्दै ज्ञानेन्द्र शाहीले गरे सरकारको आलोचना

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.