• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ७. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. जेनजी आन्दोलनपछि विस्थापित कोशी प्रदेशसभाः दुई महिमा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित

नैतिक प्रश्न लेखकलाई नै ‘मन्त्रिपदबाट राजीनामा खै ?’


  •   शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसका सादा,इमानदार र निष्ठावान नेता नाम लिँदा रमेश लेखकको नाम सधैँ अग्रपंक्तिमा लिइन्थ्यो । शान्ति प्रक्रिया, संविधान निर्माणदेखि कार्यान्वयनसम्मका महत्वपूर्ण निर्णय वा महत्वपूर्ण राजनीतिक मोडमा लेखक निष्कलंक राजनीतिक व्यक्तित्वका रूपमा साधुवादी देखिन्थे ।

    Advertisement

    बोलीमा व्यासमा बसेको पंडितलाई पनि मृदुभषिक प्रतिस्पर्धामा पछि छोड्ने लेखक मिठा शब्द र मृदुभाष्य चिल्ला वाकवाणी बोल्न माहिर छन्। विगतमा मन्त्री भए पनि विवादभन्दा टाढा रहने लेखक,प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदबाट गृहमन्त्री बनेसँगै भने उनको छवि सादा,इमानदार र निष्ठावानबाट छाडा, बेइमान जस्तो हुन थाल्यो ।

    लेखकमाथि गएको माघमा मात्रै पदीय दुरुपयोग गर्दै जातीय विभेद प्रवर्द्धन गरेको आरोप सार्वजनिक भयो। उक्त आरोपमाथि मानवअधिकार आयोगले छानबिन गरिरहेको छ। अहिले, उनी अध्यागमन सेटिङमार्फत भएको मानव तस्करीमा मुछिएका छन्, जसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ।

    गृहमन्त्री बनेपछि लेखक निरन्तर विवादमा फस्दै गएका छन्—विपद् व्यवस्थापनको तयारीदेखि तीनकुने घटनामा गृह प्रशासनको असक्षमतासम्मको विवादले उनलाई पछ्याइरहेको छ। प्रहरी प्रशासनभित्रै राजनीतिक हस्तक्षेप तीव्र बन्यो। उदाहरणका लागि, आफ्ना दलका नेताले मन नपराउने एसपीलाई उनको गृह जिल्लामा गरिएको सरुवा लेखकले रोकिदिए। कात्तिक २ मा महानिरीक्षक बसन्तबहादुर कुँवरले मोरङका एसपी नवजार कार्कीलाई हटाए। उनको स्थानमा एसपी राजन लिम्बुलाई मोरङमा काज सरुवा गरिएको थियो। एसपी लिम्बु र नेता शेखर कोइरालाबीच राम्रो सम्बन्ध थिएन। गृहमन्त्री लेखकले महानिरीक्षक कुँवरको निर्णय कार्यान्वयन नगराउन दबाब दिए। लेखकले कोइरालाकै रोजाइका पात्र एसपी नारायणप्रसाद चिमोरियालाई मोरङ पठाइदिए।

    लेखक गृहमन्त्री भएको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको प्रमुखबाट श्यामलाल ज्ञवालीलाई हटाइदिए । श्यामलाल ज्ञवाली जो टीकापुर जग्गा हिनामिना, बालमन्दिर लगायत मुद्दामा अनुसन्धान गरिरहेका थिए। भुटानी शरणार्थी प्रकरणमा प्रहरीले मुख्य बिचौलिया बेचन झालाई भारतबाट नेपाल ल्याएको थियो। झाको सञ्जालबारे अनुसन्धान नै अघि बढ्न सकेन।

    असोज १० गतेको भीषण बाढी पहिरोमा उद्धारको काम पनि प्रभावकारी भएन। ‘भिजिबिलिटी लो’ भएका कारण राहत तथा उद्धार अघि बढ्न नसकेको जवाफ दिँदा उनी निकै आलोचित हुनुपरेको थियो। तीनकुने घटनामा पनि कार्यक्रम स्थल स्वीकृतिदेखि हिंसात्मक आन्दोलन नियन्त्रणमा कमजोरी प्रस्तुत रह्यो। यी सबै प्रकरणलाई नजिकबाट नियालेका पूर्व डिआइजी हेमन्त मल्ल गृह प्रशासनको कमान्ड र कन्ट्रोलमा उनी कमजोर देखिएको बताउँछन्। गृहमन्त्री लेखकको छवि र कार्यशैलीप्रति मल्लको सटिक टिप्पणी छ, ‘भलाद्मी गृहमन्त्रीले गृह प्रशासनलाई डामाडोल भद्रगोल बनाउनुभयो।’

    माघ २२ मा नयाँ पत्रिकामा पत्रकार नवराज मैनालीले सर्लाहीको एक अन्तरजातीय प्रेम सम्बन्धमा गृहमन्त्रीले प्रहरी प्रशासन दुरुपयोग गरेको रिपोर्ट सार्वजनिक गरे। व्यापारी सुरेन्द्र रौनियारको दबाबमा युवतीका बुवासँग मिलेर जोडीलाई मुम्बईबाट ल्याएर सम्बन्ध तोडाउन प्रयास गरिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले लेखकले आफ्नो राजनीतिक शक्तिको चरम दुरुपयोग गरेको पुष्टि गरिसकेको छ।

    सबैभन्दा गम्भीर प्रकरण अध्यागमन सेटिङमार्फत भएको मानव तस्करी हो—जहाँ दैनिक ५० लाखसम्म असुली हुने गरेको र गृहमन्त्रीको सचिवालय नै त्यसमा संलग्न रहेको खुलासा भएको छ। स्वकीय सचिव गणेश ओझा र जनक भट्ट मुछिएका छन्। भ्रष्टाचार मुद्दा खेपिरहेका तीर्थराज भट्टराईलाई अध्यागमन पठाउने दबाब पनि लेखककै रहेको देखिएको छ।

    गृह मन्त्रालय सुशासन र अपराध नियन्त्रणको मूल निकाय हो। तर गृहमन्त्रीकै सचिवालयबाट मानव तस्करीजस्तो गम्भीर अपराध प्रकट हुँदा लेखकको नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ। पूर्व डिआइजी मल्ल भन्छन्,“उहाँ डमी गृहमन्त्री हुनुहुन्छ,मन्त्रालय अरू कतैबाट सञ्चालित देखिन्छ।”

    लेखकले गृहमन्त्री बनेपछि पूर्व सुरक्षा अधिकारीहरूसँग परामर्श गरेका थिए। त्यतिबेला रमेश खरेलले “बुढानीलकण्ठको प्रभाव गृह प्रशासनमा पर्न नदिनुहोस्” भनेर सुझाएका थिए। आजको घटनाक्रमले त्यो आशंका पुष्टि गरिरहेको छ ।

    राजनीतिक रूपमा पनि लेखक द्वैध भूमिकामा देखिन्छन्। एमाले–माओवादी सरकारका बेला गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान चल्दा संसदमा उनले राजीनामाको माग गरेका थिए। ‘राज्यको सक्षम निकायले छानबिन गर्नु पर्ने स्थिति आएको हो भने, सम्बन्धित मन्त्री पदमा रहन सक्दैनन्’,भनेका थिए।

    आज त्यो नैतिक प्रश्न लेखककै सामु तेर्सिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा भन्छन्, “अन्यको नैतिकता मापन गर्ने नेताले आफूमाथि उठेका प्रश्नमा जवाफ दिनुपर्छ, निष्पक्ष अनुसन्धानमा सहयोग गर्नुपर्छ।”

    मानव तस्करीमा संलग्नता थियो वा थिएन खैर त्यो अख्तियारको अनुसन्धानले प्रस्ट पार्नेछ । तर,सादा,इमानदार र निष्ठावान नेता भनिएका लेखकमाथि नैतिक प्रश्न सार्वजनिक रुपमा उठिसकेको छ । कुनैबेला ‘राज्यको सक्षम निकायले छानबिन गर्नु पर्ने स्थिति आएको हो भने,सम्बन्धित मन्त्री पदमा रहन सक्दैनन्’ भन्ने लेखकलाई अहिले उनकै शब्दमा ऐजन ऐजन प्रश्न उठिरहेको छ ‘मन्त्रिपदबाट राजीनामा खै ?’

    शनिबार, जेठ १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल
    संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो
    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
    नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
    उपसभामुख निर्वाचनमा एमालेको नो भोट

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.