×
शुक्रबार, जेठ ३१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने ऊर्जामन्त्री खड्काको दाबी

प्रतिनिधिसभा बैठक आजलाई स्थगित अब आइतबार बस्ने

नेपालको पद निलम्बनको पत्र सभामुखले आज सदनमा पढेर सुनाए

यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने प्रधानमन्त्री ओलीको अनुमान

रास्वपालाई लेखकको जवाफ नक्कली पीडित खडा गरेर उजुरी गराउने प्रयास नगर्नु

संसद्‌मा गृहमन्त्रीको जवाफ :भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन र हुन पनि सक्दैन

सभामुखले गृहमन्त्री लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले नाराबाजी र बेल घेराउ

छुट्यो माओवादी र रास्वपाको साथ प्रचण्डले भने :अब रास्वपा आफ्नै ढंगले जान्छ

रास्वपालाई ठाउँ खाली छोडेर सत्तापक्ष र माओवादीबीच २ बुँदे सहमतिमा हस्ताक्षर

लोकप्रिय समाचार

  • १. १२औं म्यूजिक खबर द्वारा सर्वोत्कृष्ट सम्पादन अवार्ड रबिनलाई

  • २. ३३ करोड बढीको हिनामिना प्रबन्ध निर्देशक पौडेलसहित १८ जनालाई मुद्दा दायर

  • ३. पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

  • ४. हिजोको जस्तो आज सूचना टाँसेर सदन स्थगित गर्ने पक्षमा छैनौं :सत्तापक्ष

  • ५. दलहरुबीच कुरो मिलेन भोलीसम्मलाई सदन स्थगित

  • ६. देउवा परिवार बिरुद्ध समाचार बनाउँदा पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

  • ७. गायिका रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरद्वारा उद्धार

  • ८. घरमा प्रहरी पुगेपछि पाठकले गुहारे प्रेस काउन्सिल र पत्रकार महासंघ

  • ९. प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सर्वोच्चले असार ८ गते सुनुवाइ तोक्यो

  • १०. माओवादी रास्वपाको ५ बुँदे प्रस्तावमा सहमत नभएको सांसद भट्टराईको दाबी

नैतिक प्रश्न लेखकलाई नै ‘मन्त्रिपदबाट राजीनामा खै ?’


  •   शनिबार, जेठ ११, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसका सादा,इमानदार र निष्ठावान नेता नाम लिँदा रमेश लेखकको नाम सधैँ अग्रपंक्तिमा लिइन्थ्यो । शान्ति प्रक्रिया, संविधान निर्माणदेखि कार्यान्वयनसम्मका महत्वपूर्ण निर्णय वा महत्वपूर्ण राजनीतिक मोडमा लेखक निष्कलंक राजनीतिक व्यक्तित्वका रूपमा साधुवादी देखिन्थे ।

    Advertisement

    बोलीमा व्यासमा बसेको पंडितलाई पनि मृदुभषिक प्रतिस्पर्धामा पछि छोड्ने लेखक मिठा शब्द र मृदुभाष्य चिल्ला वाकवाणी बोल्न माहिर छन्। विगतमा मन्त्री भए पनि विवादभन्दा टाढा रहने लेखक,प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदबाट गृहमन्त्री बनेसँगै भने उनको छवि सादा,इमानदार र निष्ठावानबाट छाडा, बेइमान जस्तो हुन थाल्यो ।

    लेखकमाथि गएको माघमा मात्रै पदीय दुरुपयोग गर्दै जातीय विभेद प्रवर्द्धन गरेको आरोप सार्वजनिक भयो। उक्त आरोपमाथि मानवअधिकार आयोगले छानबिन गरिरहेको छ। अहिले, उनी अध्यागमन सेटिङमार्फत भएको मानव तस्करीमा मुछिएका छन्, जसको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ।

    गृहमन्त्री बनेपछि लेखक निरन्तर विवादमा फस्दै गएका छन्—विपद् व्यवस्थापनको तयारीदेखि तीनकुने घटनामा गृह प्रशासनको असक्षमतासम्मको विवादले उनलाई पछ्याइरहेको छ। प्रहरी प्रशासनभित्रै राजनीतिक हस्तक्षेप तीव्र बन्यो। उदाहरणका लागि, आफ्ना दलका नेताले मन नपराउने एसपीलाई उनको गृह जिल्लामा गरिएको सरुवा लेखकले रोकिदिए। कात्तिक २ मा महानिरीक्षक बसन्तबहादुर कुँवरले मोरङका एसपी नवजार कार्कीलाई हटाए। उनको स्थानमा एसपी राजन लिम्बुलाई मोरङमा काज सरुवा गरिएको थियो। एसपी लिम्बु र नेता शेखर कोइरालाबीच राम्रो सम्बन्ध थिएन। गृहमन्त्री लेखकले महानिरीक्षक कुँवरको निर्णय कार्यान्वयन नगराउन दबाब दिए। लेखकले कोइरालाकै रोजाइका पात्र एसपी नारायणप्रसाद चिमोरियालाई मोरङ पठाइदिए।

    लेखक गृहमन्त्री भएको केही दिनमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको प्रमुखबाट श्यामलाल ज्ञवालीलाई हटाइदिए । श्यामलाल ज्ञवाली जो टीकापुर जग्गा हिनामिना, बालमन्दिर लगायत मुद्दामा अनुसन्धान गरिरहेका थिए। भुटानी शरणार्थी प्रकरणमा प्रहरीले मुख्य बिचौलिया बेचन झालाई भारतबाट नेपाल ल्याएको थियो। झाको सञ्जालबारे अनुसन्धान नै अघि बढ्न सकेन।

    असोज १० गतेको भीषण बाढी पहिरोमा उद्धारको काम पनि प्रभावकारी भएन। ‘भिजिबिलिटी लो’ भएका कारण राहत तथा उद्धार अघि बढ्न नसकेको जवाफ दिँदा उनी निकै आलोचित हुनुपरेको थियो। तीनकुने घटनामा पनि कार्यक्रम स्थल स्वीकृतिदेखि हिंसात्मक आन्दोलन नियन्त्रणमा कमजोरी प्रस्तुत रह्यो। यी सबै प्रकरणलाई नजिकबाट नियालेका पूर्व डिआइजी हेमन्त मल्ल गृह प्रशासनको कमान्ड र कन्ट्रोलमा उनी कमजोर देखिएको बताउँछन्। गृहमन्त्री लेखकको छवि र कार्यशैलीप्रति मल्लको सटिक टिप्पणी छ, ‘भलाद्मी गृहमन्त्रीले गृह प्रशासनलाई डामाडोल भद्रगोल बनाउनुभयो।’

    माघ २२ मा नयाँ पत्रिकामा पत्रकार नवराज मैनालीले सर्लाहीको एक अन्तरजातीय प्रेम सम्बन्धमा गृहमन्त्रीले प्रहरी प्रशासन दुरुपयोग गरेको रिपोर्ट सार्वजनिक गरे। व्यापारी सुरेन्द्र रौनियारको दबाबमा युवतीका बुवासँग मिलेर जोडीलाई मुम्बईबाट ल्याएर सम्बन्ध तोडाउन प्रयास गरिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले लेखकले आफ्नो राजनीतिक शक्तिको चरम दुरुपयोग गरेको पुष्टि गरिसकेको छ।

    सबैभन्दा गम्भीर प्रकरण अध्यागमन सेटिङमार्फत भएको मानव तस्करी हो—जहाँ दैनिक ५० लाखसम्म असुली हुने गरेको र गृहमन्त्रीको सचिवालय नै त्यसमा संलग्न रहेको खुलासा भएको छ। स्वकीय सचिव गणेश ओझा र जनक भट्ट मुछिएका छन्। भ्रष्टाचार मुद्दा खेपिरहेका तीर्थराज भट्टराईलाई अध्यागमन पठाउने दबाब पनि लेखककै रहेको देखिएको छ।

    गृह मन्त्रालय सुशासन र अपराध नियन्त्रणको मूल निकाय हो। तर गृहमन्त्रीकै सचिवालयबाट मानव तस्करीजस्तो गम्भीर अपराध प्रकट हुँदा लेखकको नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ। पूर्व डिआइजी मल्ल भन्छन्,“उहाँ डमी गृहमन्त्री हुनुहुन्छ,मन्त्रालय अरू कतैबाट सञ्चालित देखिन्छ।”

    लेखकले गृहमन्त्री बनेपछि पूर्व सुरक्षा अधिकारीहरूसँग परामर्श गरेका थिए। त्यतिबेला रमेश खरेलले “बुढानीलकण्ठको प्रभाव गृह प्रशासनमा पर्न नदिनुहोस्” भनेर सुझाएका थिए। आजको घटनाक्रमले त्यो आशंका पुष्टि गरिरहेको छ ।

    राजनीतिक रूपमा पनि लेखक द्वैध भूमिकामा देखिन्छन्। एमाले–माओवादी सरकारका बेला गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान चल्दा संसदमा उनले राजीनामाको माग गरेका थिए। ‘राज्यको सक्षम निकायले छानबिन गर्नु पर्ने स्थिति आएको हो भने, सम्बन्धित मन्त्री पदमा रहन सक्दैनन्’,भनेका थिए।

    आज त्यो नैतिक प्रश्न लेखककै सामु तेर्सिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा भन्छन्, “अन्यको नैतिकता मापन गर्ने नेताले आफूमाथि उठेका प्रश्नमा जवाफ दिनुपर्छ, निष्पक्ष अनुसन्धानमा सहयोग गर्नुपर्छ।”

    मानव तस्करीमा संलग्नता थियो वा थिएन खैर त्यो अख्तियारको अनुसन्धानले प्रस्ट पार्नेछ । तर,सादा,इमानदार र निष्ठावान नेता भनिएका लेखकमाथि नैतिक प्रश्न सार्वजनिक रुपमा उठिसकेको छ । कुनैबेला ‘राज्यको सक्षम निकायले छानबिन गर्नु पर्ने स्थिति आएको हो भने,सम्बन्धित मन्त्री पदमा रहन सक्दैनन्’ भन्ने लेखकलाई अहिले उनकै शब्दमा ऐजन ऐजन प्रश्न उठिरहेको छ ‘मन्त्रिपदबाट राजीनामा खै ?’

    शनिबार, जेठ ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने ऊर्जामन्त्री खड्काको दाबी
    प्रतिनिधिसभा बैठक आजलाई स्थगित अब आइतबार बस्ने
    नेपालको पद निलम्बनको पत्र सभामुखले आज सदनमा पढेर सुनाए
    यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने प्रधानमन्त्री ओलीको अनुमान
    रास्वपालाई लेखकको जवाफ नक्कली पीडित खडा गरेर उजुरी गराउने प्रयास नगर्नु
    संसद्‌मा गृहमन्त्रीको जवाफ :भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन र हुन पनि सक्दैन

    Facebook Page

    लोकप्रिय

    • १.
      १२औं म्यूजिक खबर द्वारा सर्वोत्कृष्ट सम्पादन अवार्ड रबिनलाई

    • २.
      ३३ करोड बढीको हिनामिना प्रबन्ध निर्देशक पौडेलसहित १८ जनालाई मुद्दा दायर

    • ३.
      पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

    • ४.
      हिजोको जस्तो आज सूचना टाँसेर सदन स्थगित गर्ने पक्षमा छैनौं :सत्तापक्ष

    • ५.
      दलहरुबीच कुरो मिलेन भोलीसम्मलाई सदन स्थगित

    • ६.
      देउवा परिवार बिरुद्ध समाचार बनाउँदा पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

    भर्खरै

    • १.
      बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने ऊर्जामन्त्री खड्काको दाबी

    • २.
      प्रतिनिधिसभा बैठक आजलाई स्थगित अब आइतबार बस्ने

    • ३.
      नेपालको पद निलम्बनको पत्र सभामुखले आज सदनमा पढेर सुनाए

    • ४.
      यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने प्रधानमन्त्री ओलीको अनुमान

    • ५.
      रास्वपालाई लेखकको जवाफ नक्कली पीडित खडा गरेर उजुरी गराउने प्रयास नगर्नु

    • ६.
      संसद्‌मा गृहमन्त्रीको जवाफ :भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन र हुन पनि सक्दैन

    • ७.
      सभामुखले गृहमन्त्री लेखकलाई बोल्न दिएपछि रास्वपा र राप्रपाले नाराबाजी र बेल घेराउ

    • ८.
      छुट्यो माओवादी र रास्वपाको साथ प्रचण्डले भने :अब रास्वपा आफ्नै ढंगले जान्छ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.