काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले ३१ वैशाखमा महानगरको वडा नम्बर २४ मखन टोलमा भएको आगलागी विषयमा प्रभावकारी छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निर्देशन दिएकी छिन् ।
उनले गुरागाईंलाई प्रभावकारी छानबिन समिति बनाएर १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन् । ३१ वैशाखमा मखन टोलमा आगलागी हुँदा चार वटा घरमा क्षति पुगेको थियो भने एक महिलाको जलेर ज्यान गएको थियो ।
उपप्रमुख डंगोलले के–के कमजोरी भए, के–के गल्ती भए सबैको गहिरो अध्ययन गरेर रिपोर्ट तयार पार्न समेत निर्देशन दिएकी छन्।