दैलेख। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी बलियो हुँदा देश बलियो हुने बताएका छन् ।मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका क्रममा आइतबार दैलेखमा आयोजित सभामा प्रचण्डले माओवादी बलियो हुँदा दलित, मजदुर, महिलाहरु बलियो हुने बताए ।
उनले भने,
‘आउने समयमा माओवादी बलियो हुँदा दलित बलियो हुनेछन्,माओवादी बलियो हुँदा महिलाहरु बलियो हुनेवाला छन् । माओवादी बलियो हुँदा मजदुर र किसानहरु बलियो हुनेवाला छन् माओवादी बलियो हुँदा नेपाल बलियो हुनेवाला छ ।’
माओवादी बलियो हुँदा देश बलियो हुने भएकैले आफू ३० वर्षको जवान जस्तोगरी दौडिरहेको उनले बताए ।
‘म अरु नेताहरु आफ्ना पार्टीका भन्दा एक दुई वर्ष जेठो छु । ७० नाघेपनि तपाईँहरुले देख्नु भाछ नि २५÷३० वर्षको जवान जस्तोगरी देशभर त्यसै दौडेको होइन । बाँकी क्रान्ति पुरा गर्ने उद्देश्यले दौडेको हो। मध्य पहाडी लोकमार्गको प्रस्ताव माओवादी केन्द्र हो, त्यसको प्रस्तावक प्रचण्ड नै हो’
उनले भने ।
अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग माओवादीको प्रस्तावमा बनेकाले पनि पार्टीले अभियान चलाइरहेको उनले बताए ।