काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आएकी छिन् । ‘नोरा फतेही लाइभ इन नेपाल’का लागि उनी शनिबार काठमाडौं आइपुगेकी हुन् ।
क्यानेडियन नागरिक रहेकी नोराले आज साँझ बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने कार्यक्रममा प्रस्तुति दिनेछिन् । वल्र्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले झण्डै ३ करोड रुपैयाँ खर्च गरेका छन् ।
कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक–गायिकाले पनि प्रस्तुति दिने भएका छन् ।
कार्यक्रममा दुर्गेश थापा, तेरिया मगर, द भ्वाइस अफ नेपालकी चन्द्रकला राईलगायत ५ जनाले आफ्नो प्रस्तुति दिनेछन् ।
आयोजकका अनुसार नोरासँग गायक दुर्गेशले विशेष प्रस्तुति दिनेछन् । नोरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राष्ट्रिय झण्डा ओढाएर बाजागाजासहित स्वागत गरिएको थियो ।