• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ८. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ९. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • १०. एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद नरहने

सोबिताको सरकारलाई आरोप ‘किर्ते जाहेरी बनाएर रविलाई फसाएको हो’


  •   बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्ध फौजदारी अभियोग लगाइएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

    Advertisement

    प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद गौतमले लामिछानेमाथि किर्ते र जालसाजीको आशंकासहित फौजदारी अभियोग लगाए पनि त्यसको कानुनी आधार कमजोर रहेको बताईन।

    उनले संसदीय छानबिन समितिको प्रतिवेदनले लामिछाने कुनै पनि सहकारी संस्थाको सञ्चालक वा सदस्य नभएको र सहकारी अपचलनमा प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट लेखिए पनि राज्यले फौजदारी अभियोग लगाएको भन्दै आपत्ति जनाएकी छन्।

    ‘अहिले सार्वजनिकरूपमा जाहेरीकर्ताका रूपमा देखाइएका व्यक्तिहरू आफैँले कुनै किटानी जाहेरी नदिएको, नामसमेत आफ्नो जानकारीबिना अभियोगपत्रमा समावेश गरिएको बताएका छन्’, उनले थपिन्, ‘राज्यले किर्ते जाहेरी तयार गरी एक उदाउँदो राजनीतिक नेतृत्वलाई लक्षित गरेर मुद्दा खडा गरेको यसले देखाउँछ ।’

    उनले अनुसन्धान प्रक्रियामा पूर्वाग्रह, बिनापक्राउ पुर्जी पक्राउ र किटानी जाहेरी नभएका अवस्थामा पनि अभियुक्त बनाउने कार्य संविधान र मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको जिकिर गरिन् ।

    पूर्वन्यायाधीशहरूको फोरमले पनि वक्तव्य जारी गर्दै केही अभियोजन कार्यहरू स्वेच्छाचारितातर्फ उन्मुख भइरहेको भन्दै विधिको शासन कमजोर बनिरहेको उल्लेख उनले स्मरण समेत गराइन् ।

    सांसद गौतमले सरकारको कार्यशैलीलाई पनि व्यङ्ग्य गरेकी छन् ।

    ‘गाडी नम्बर ४२० आफ्नै रफ्तारमा दौडिरहेको छ। अलिकति रचनात्मक आलोचना सुन्ने धैर्यता बाँकी छ भने सरकारले आफ्नो कदम सच्याओस्’,

    उनले व्यंग्यसहित भनिन् ।

    उनले रविविरुद्ध गरिएको अभियोजन सत्ता र शक्तिको दुरुपयोग भन्दै लोकतन्त्रमा यस्ता प्रवृत्तिहरूले गम्भीर खतरा निम्त्याउने संकेत दिएका पनि बताएकी छन्।

    बिहिबार, जेठ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा भेटियो शव
    काठमाडौँमै रोकिए रवि लामिछाने
    उपमहासचिवको प्रारम्भिक मत : लेखराजलाई धेरै भोट, दोस्रोमा योगेश
    भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.