×
शनिबार, भदौ ०७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

आजको फलफूलको थोक मूल्य यस्तो छ ?

Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ४. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ५. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ६. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ७. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ८. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ९. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • १०. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

रुपन्देहीमा रविविरुद्धको उजुरी नै किर्ते !


  •   आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
  • रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीमा चलिरहेको सहकारी ठगीसम्बन्धी मुद्दामा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। उजुरीकर्ताका रूपमा नाम सार्वजनिक भएका दुई व्यक्तिले आफूहरूलाई जानकारी नदिई मुद्दामा तानिएको दाबी गर्दै प्रहरीमाथि ‘नाम दुरुपयोग’ को आरोप लगाएका छन्।

    Advertisement

    वैशाख १६ गते दर्ता भएको पूरक जाहेरीमा पहिलो नम्बरमा नाम रहेका नारायण पहराईले आफूले रवि लामिछानेविरुद्ध कुनै उजुरी नदिएको स्पष्ट पारिसकेका छन्। पहराईका अनुसार उनले सुप्रिम सहकारीमा रहेको आफ्नो बचत फिर्ताको लागि मात्र निवेदन दिएका थिए।

    त्यसपछि वैशाख २७ गते जाहेरीको १६ औं नम्बरमा नाम सूचीकृत गीता आचार्यले पनि प्रहरीमाथि उस्तै आरोप लगाएकी छन्। आचार्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेकी छन्, “मैले केवल आफ्नो रकम फिर्ताको लागि निवेदन दिएकी थिएँ, कसैविरुद्ध उजुरी दिएको होइन। कसरी मेरो नाम जाहेरीकर्ताको सूचीमा पर्‍यो, मलाई थाहा छैन। निष्पक्ष छानबिन होस्।”

    गीताका अनुसार उनले सुप्रिम सहकारीमा दैनिक बचत गरेकी थिइन् र कुल ७२ हजार रुपैयाँ फिर्ता पाउने आशामा निवेदन दिएकी मात्र हुन्। पत्रकारसँग कुराकानीमा उनले भनिन्, “म न त कुनै पार्टीको समर्थन गर्छु, न विरोध। तर मेरो नामबाट अरूलाई आरोप लगाएर मुद्दा चलाइँदा चिन्ता लागेको छ।”

    नारायण पहराईले पनि सुरुमा मुद्दालाई लिएर खास चासो नदिएको तर आफ्नो नाम पटक–पटक सार्वजनिक हुन थालेपछि बोल्न बाध्य भएको बताएका छन्। “सुरुमा त खासै वास्ता गरिएन, तर पछि नाम आउन थालेपछि अब त बोल्नुपर्छ भन्ने लाग्यो,” उनले भने।

    सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाले भने संयुक्त जाहेरीमा एक-दुई जनाले फिर्ता लिँदैमा मुद्दा प्रभावित नहुने स्पष्ट पारेका छन्। “यदि सबैले हामी पीडित होइनौं भने मात्रै मुद्दा नै किन भन्ने अवस्था आउँछ,” रानाले बताए।

    उनले विषयबारे अध्ययन आवश्यक रहेको बताउँदै भने, “म आउनुअघिको मुद्दा हो। उजुरीकर्ताले किन यस्तो भनिरहेका छन् भन्ने बुझ्नुपर्नेछ। मैले आधिकारिक रूपमा केही सुनेको छैन, सरकारी वकिलसँग सल्लाह गरेर मात्र केही भन्न सकिन्छ।”

    जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता हुँदा इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी विजयराज पण्डित प्रमुख थिए। हाल पण्डितको सरुवा भई राना नियुक्त भएका छन्।

    यसअघि प्रहरीद्वारा सार्वजनिक नाम सूचीमा नारायण पहराई, गीता आचार्यसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम उल्लेख गरिएको थियो।

    रास्वपाका नेताहरूले उजुरीकर्ताको नाम अनुमति बिना प्रयोग गरेर रवि लामिछानेलाई मुद्दामा फसाउने नियोजित प्रयास भएको आरोप लगाइरहेका छन्। उजुरीकर्ताहरूको खुला असन्तोषसँगै अब मुद्दाको निष्पक्षता र प्रहरी अनुसन्धानप्रति गम्भीर प्रश्न उठेको छ।

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा
    पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी
    संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा
    आजको फलफूलको थोक मूल्य यस्तो छ ?
    Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !
    कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ४.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ५.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ६.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    भर्खरै

    • १.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • २.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ३.
      संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

    • ४.
      आजको फलफूलको थोक मूल्य यस्तो छ ?

    • ५.
      Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

    • ६.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.