काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले जिबी राई किन नपक्रेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै आफ्ना पोल खुल्ने डरले नै सरकारमा रहेकाहरुले जिबी राई पक्राउ नगरेको जनताले अड्कल काट्न थालेको बताएका हुन् ।
त्यस्तै उनले नेपाली कांग्रेसका महामन्त्रीद्वयलाई लक्षित गर्दै संसदीय छानबिन समितिले औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका वास्तविक पीडक कतिलाई कारबाहीको दायरामा ल्याइयो भन्दै प्रश्न गरेका छन् । उनले नेपाली कांग्रेसका उपसभापति जोडिएको मितेरी सहकारीबारे पनि प्रश्न गरेका छन् ।