• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

  • ३. शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

  • ४. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ५. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ६. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ७. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ८. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

‘बिहे नगरी आमा बन्छु’ भनेपछि ‘होलटाइकर’ गजलकार स्मारिका साइबर बुलिङको सिकार


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • काठमाडौं । एक युट्युब च्यानलमा दिएको अभिव्यक्तिका कारण अहिले सामाजिक सञ्जालमा गजलकार सुमन स्मारिकाले साइबर बुलिङको सामना गर्नु परिरहेको छ । केही दिन अघि सार्वजनिक पोडकास्टमा विवाहको सन्दर्भमा दिएको धारणाले गर्दा साइबर बुलिङको सिकार भएकी हुन् ।

    Advertisement

    उनले उक्त पोडकास्टमा भनेकी थिइन्, ‘विवाह मेरो प्राथमिकतामा छैन । जीवनमा अरू धेरै उद्देश्यहरू छन् । यद्यपि आमा चाहिँ बन्छु । तर, विवाह गरेर होइन । अहिले प्रविधिले हामीलाई यस्तो राम्रो सुविधा दिइरहेको छ । त्यो अवसरको फाइदा उठाउँछु नि म !’

    स्मारिकाले आईभीएफ प्रविधिको सहयोगले विवाह नगरे पनि आमा बन्न सकिने सम्भावनातर्फ इंगित गरेकी थिइन् । तर, उनको यस्तो भनाइप्रति विमति राख्दै सञ्जाल प्रयोगकर्ताले उनीमाथि गाली गर्ने र लाञ्छना लगाउने काम गरिरहेपछि उनले निरन्तर जसो स्पष्टीकरण दिइरहेकी छन् । कतिपय स्पष्टीकरण सञ्जालमा लेख्दै, डिलेट गर्दै गरिरहेकी छन् । ‘अब म मर्नुपर्ने हो ?’ भन्दै लेखिएका उनका स्टाटसहरु अहिले गायब छन् ।

    उनले दुई दिनअघि मात्रै अर्को एक स्पष्टीकरण दिएकी थिइन् । त्यहाँ उनले लेखेकी थिइन्, ‘मलाई बारम्बार आक्रमण गर्न बन्द गर्नुहोस् ।’ उनले थप लेखेकी थिइन्, ‘तपाईंहरुसँग मप्रति कुनै शत्रुता छ भने मसँग सीधै कुरा गर्नुहोस्, म तयार छु । तर, महिलामाथि महिलाहरू नै हाबी हुन बन्द गर्नुहोस् । म तपाईँहरूको अनावश्यक ज्यादती सहन यहाँसम्म आइपुगेको होइन । र म अब कसैको कुनै प्रकारको दुर्व्यवहार सहनेवाला छैन ।’

    स्मारिका युवापुस्तामाझ लोकप्रिय गजलकार हुन् । उनी सुदूरपश्चिम टिकापुरबाट गजल लेखनमा भविष्य खोज्दै काठमाडौं आएर स्थापित भएकी गजलकार हुन् । ‘होलटाइकर’ गजलकारको परिचय बनाएकी स्मारिकाको मुख्य आय श्रोतमध्ये गजलका कार्यक्रमहरू पनि हुन् । उनका दर्जनौँ गजलहरू चर्चित छन् ।

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
    उपसभामुख निर्वाचनमा एमालेको नो भोट
    कांग्रेसदवारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    ग्लोबल क्रसर उद्योग सिल, अवैध गतिविधि पुष्टि भएपछि कडा कदम
    अहिलेकै संरचनाबाट एमाले अघि बढ्न सक्दैन : माधव ढुङ्गेल
    रुबीकुमारी ठाकुरको उम्मेदवारी प्रस्तुत, मधेसको आवाजहरूको प्रतिनिधित्व गर्ने विश्वास

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

    • ३.
      शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

    • ४.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ५.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ६.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.