• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

‘भाषिक विवाद,भाइरल सांसद’


  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ ।‘भाइरल मन्त्री/भाइरल सांसद’ का नामले चिरपरिचित प्रेम बहादुर आले फेरि भाइरल भएका छन्।

    Advertisement

    उनले संसदमा सम्बोधन गर्दा अश्लील शब्द वा अपशब्द प्रयोग गरिएको आरोप लागेपछि आले अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भाइरल भइरहेका छन्। कतिपयले आलेले अश्लील शब्द प्रयोग गरेको दाबी गरेका छन् भने कसैले पक्कै हो, उनले अपशब्द नै बोलेको भनेर आलोचना गरेका छन्।

    चट्ट खाइलाग्दो बनोट परेका, टक्क-टक्क मतवाली बोलीमा बोल्ने ५४ वर्षीय आले सुरुमा डोटीका सामान्य वडा सदस्य थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पराजित भई २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका आले २०७४ सालको निर्वाचनमा पनि विजयी भएका थिए।

    मगर समुदायको लवजमा अर्गानिक बोली बोल्ने आले यसै त यस्ता शब्द–अपशब्द बोल्नेमा चर्चित सांसद हुन्। संसद सम्बोधनमा अपशब्द जस्तो सुनिने शब्द बोलेपछि उनी विवादमा तानिएका थिए। कतिपयले त जिब्रो चिप्लिएको हो भन्ने र आलेले अपशब्द नै बोलेको हो भन्ने किटानी नै गरेका छन्। आलेले भने कुनै अपशब्द बोलेको छैन भन्दै फेरि–फेरि सुन्न आग्रह गरे। प्रेम आले यस्तै जिब्रो चिप्ल्याउनेमा, जताततै जिब्रो चिप्ल्याएर, चर्चामा आइरहने व्यक्ति हुन्। यसको कारण उनको नाम होस् या बदनाम, तर गुमनाम भने हुदैनन्। सधैँ चर्चामा आइरहन्छन् र सामाजिक सञ्जालको मेम पात्र बनिरहन्छन्।

    चर्चाको चुलीमा वा सामाजिक सञ्जालको ट्रेन्डिङमा मेमको रूपमा आइरहने आले पहिलो पटक वनमन्त्री हुँदा “बोटविरुवाले कार्बनडाइअक्साइड फाल्छ” भन्ने अभिव्यक्तिका कारण चर्चामा आएका थिए। उक्त अभिव्यक्तिका कारण धेरैले उनलाई उपहास गरेका थिए। सामाजिक सञ्जालमा उनी भाइरल बने।

    उनी पहिलो पटक नेकपा (एमाले) का सांसद रहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्री बनाइएका थिए। पछि एमाले विभाजित हुँदा आले माधवकुमार नेपालको पक्षमा लागे र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता बने। आले माधव नेपालको पक्षमा लाग्दा धेरैले आश्चर्य माने, किनकि उनी ओलीका विश्वासपात्र मानिन्थे। तर उनले रातारात गुट परिवर्तन गरेर आफ्नो मन्त्री पद सुरक्षित गरे।

    विगतमा नेपाली काँग्रेसमा आवद्ध रहेका प्रेम आलेले २०५१ सालमा नेकपा (एमाले) मा प्रवेश गरेका थिए। उनीप्रति धेरैले अस्थिर स्वभावको आरोप लगाउने गरेका छन्।

    आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारीमा पनि थिए। मन्त्री बनेपछि उनले राष्ट्रिय सम्पदामा भएका अतिक्रमणविरुद्ध सक्रियता देखाए। विशेषतः नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले लिएको ठेक्काको पर्दाफास गर्दै उनले जनचासो आकर्षित गरे।

    ठेक्का सम्झौता मात्र विवादास्पद भएन, सम्झौताविपरीत अतिरिक्त भू–भाग समेत प्रयोग गरिएको तथ्य सार्वजनिक भएपछि यो प्रकरण थप गम्भीर बन्यो। यसले उनको उच्च राजनीतिक नेतृत्वलाई समेत विवादमा तान्यो।

    डोटीबाट निर्वाचित सांसद समेत रहेका प्रेमबहादुर आले कुनै बेला अक्सिजन सिलिन्डरमा आफ्नै फोटो राखेको विषयले पनि विवादमा आएका थिए। आलेले आफ्नो नाम टाँसेर सिलिन्डर वितरण गरेका थिए।

    विशेषतः एमाले विभाजनको क्रममा प्रेम आलेको भूमिका निकै चर्चामा आएको थियो। उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य भेटवार्ता गरेका थिए, जसमा केही सांसदहरूको संलग्नता समेत भएको दाबी गरियो। उक्त विषय सार्वजनिक भएपछि आलेले आफू ती दिनहरूमा बिरामी भएर त्रिपुरेश्वरस्थित अस्पतालमा भर्ना भएको भन्दै देउवा र नेपाल भेटेको कुरा पूर्ण अस्वीकार गरे।

    केही दिनमै उनी खुलेरै माधव नेपाल पक्षमा उभिएका देखिए। ओलीका निकट नेता मानिएका आलेको यस्तो नाटकीय तवरले गुट परिवर्तनले ओलीलाई अवाक पार्ने गरी झट्का दियो। पत्रकारहरूले ओलीलाई आलेको विषयमा सोध्दा पनि “मा केही दिनमा भन्छु” भनेर ओली उक्त कुरा ढाकछोप गर्ने कोसिस गरिरहन्थे।

    आलेले मन्त्री पद सुरक्षित राख्नकै लागि यो रणनीति अपनाएको भन्दै उनको आलोचना पनि भयो। गुप्त वार्ता, अस्वीकार, र अन्ततः पक्ष परिवर्तनको नाटकीय शैलीले उनलाई अस्थिर र अवसरवादी नेताका रूपमा चिनाउने आधार तयार गर्‍यो।

    यसरी वाद–विवाद तानिरहने आले नेपाली राजनीतिका ‘भाइरल संस्कृति’ मर्यादा थाम्ने प्रतिनिधि पात्र बनेका छन्। आले संसदभित्र वा बाहिर सार्वजनिक पदमा बसेर भाषिक मर्यादाको उल्लङ्घन, द्रुत राजनीतिक छलाङ, चाप्लुसी शैली र अस्थिरता कारण चर्चा रहेका हुन्। संसदमा ‘प्रदर्शनमुखी अभिव्यक्ति’ र ‘सञ्चारमुखी गतिविधि’ उनको विशेषता हो भनेर विश्लेषकहरू बताउँछन्।

    संसदजस्तो गरिमामय स्थानमा शिष्ट र मर्यादित भाषा प्रयोग हुनु अत्यावश्यक हो। पछिल्लो समय सांसदहरू अनियन्त्रित हुँदा पटक–पटक गालीगलौज मिश्रित अभिव्यक्ति प्रयोग हुने क्रम बढ्दै गएको छ, जुन न केवल निराशाजनक विषय हो, तर यसले सांसदहरूको अभिव्यक्तिको स्तर र मर्यादाको निर्धारण गर्छ।

    हुन त विचार व्यक्त गर्ने स्वतन्त्रता प्रत्येक जनप्रतिनिधिको अधिकार हो, तर त्यो अधिकार प्रयोग गर्दा शिष्टता र जिम्मेवारीबोध, पदीय उत्तरदायित्व हुनु जरुरी हुन्छ। भाइरल भनिने सांसदहरुको भाषणमा भद्दा गालि र फोनमा भयङ्कर धम्कि सुनेर कसैले त्राहिमाम हुन नपरोस। गरिमा जोगाउन भाषा,व्यवहार र शिष्टताको स्तर कायम राख्नु अब आवश्यक मात्र होइन, अनिवार्यता भएको देखिन्छ।

    मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.