• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

‘पहलगाम’ हमला,भारतको कदम ?


  •   सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
  • भारत प्रशासित कश्मीरको पहलगाममा मङ्गलबार भएको आतङ्कवादी हमलामा २६ जनाको ज्यान गएको पुष्टि भएको छ । यो हमलालाई, सन् २०१९ पछि भएको सबैभन्दा घातक हमला मानिएको छ। यसपटक आक्रमणको निशानामा बोर्डरका सैनिक होइन, सर्वसाधारण नागरिक थिए।

    Advertisement

    हमलामा मारिएका मानिसहरू कश्मीर घुम्न गएका सामान्य पर्यटक थिए। यस घटनाले कश्मीरको शान्ति सुरक्षा मात्र होइन, पुरै भारतको अमन, चयन र शान्तिमा पनि खलल पुगेको छ। भारतको क्षेत्रीय नीति र पाकिस्तानसँगको द्विपक्षीय सम्बन्धको समग्र परिप्रेक्ष्यमा प्रश्न उठेको छ।

    कश्मीरको पहलगाममा भएको यो हमला भारतको सुरक्षाका हिसाबले मात्र नभइ, कूटनीतिक दृष्टिकोणबाट पनि अत्यन्त संवेदनशील मानिएको छ। अहिले भारतले आफ्नो सीमा नाका बन्द गरिसकेको छ, पानी बाँडफाँटसम्बन्धी सन्धि स्थगित गरेको छ र पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छोड्न भनेको छ।

    त्यसैगरी, भारतले पाकिस्तानी कूटनीतिज्ञहरूलाई पनि निष्कासित गरेको छ। रक्षामन्त्री राजनाथ सिंहले भनेका छन् कि दोषीमाथि मात्र होइन, योजनाकारमाथि पनि कारबाही हुनेछ। यो घटना भारतको राष्ट्रवादी दृष्टिकोणको पुष्टि गर्दै, सरकारको कडा प्रतिक्रिया सुनिश्चित गरिएको देखिन्छ।

    पाकिस्तानले आफ्नो संलग्नता नहुँदा, घटनामा कुनै किसिमको हात नरहेको स्पष्ट पारेको छ। पाकिस्तानका अधिकारीहरूले भनेका छन् कि यो हमला पाकिस्तानको नीति वा समर्थनबाट गरिएको होइन।

    भारतले यसअघिका यस्ता घटनामा जोडतोड प्रतिक्रिया दिएको छ। सन् २०१६ मा उरीमा भएको आक्रमणपछि भारतले सर्जिकल स्ट्राइक गरेको थियो। भारतीय सेनाले पाकिस्तानप्रशासित कश्मीरका आतङ्कवादी लन्चप्याडहरू ध्वस्त पारेको थियो। त्यसपछि, सन् २०१९ मा पुलवामा हमलामा ४० अर्धसैनिक बलका जवानको मृत्यु पछि, भारतले पाकिस्तानको भित्री क्षेत्रमा हवाई आक्रमण गरेको थियो। पाकिस्तानले यसका प्रतिक्रिया स्वरूप भारतीय पाइलटलाई नियन्त्रणमा लियो, तर यी घटनाहरूले पूर्ण युद्धको रूप लिन सकेनन्। त्यसपछि २०२१ मा दुवै देश बीच युद्धविराम सम्झौतासम्मको स्थिति पुगेको थियो।

    यसपटक पनि, सैन्य कारबाहीको सम्भावना बलियो र भारत निकै आक्रोशित देखिन्छ। भारतले सर्जिकल स्ट्राइक, हवाई आक्रमण, वा अन्य त्यस्तै कारबाही गर्न सक्छ। यसका साथै, कारबाहीको स्वरूप र समय सटीक हुनेछ, छोटो र प्रभावकारी कारवाही गर्ने विश्लेषकहरूले बताएका छन्।

    विशेषज्ञहरूको अनुसार, परमाणु शक्ति राष्ट्रहरू बीचको तनाव सधैँ खतरनाक हुन्छ। यस्ता कारबाहीले ठूलो युद्धको रूप लिन सक्ने खतरा सधैँ रहन्छ।

    काश्मिरको पहलगाममा भएको हमला भारतको क्षेत्रीय नीति र पाकिस्तानसँगको सम्बन्धका दृष्टिकोणले पनि संवेदनशील छ। भारतले कश्मीरको शान्ति र स्थिरता कायम राख्नको लागि कूटनीतिक र सुरक्षाका सबै विकल्पहरू खोलेको छ, तर यसपटक पनि सीमापार आतंकवादको कारबाहीमा कड़ा प्रतिक्रिया जनाउनुपर्ने परिस्थितिहरू उभिएका छन्।

    अहिलेको परिस्थितिमा, भारतको कुनै प्रतिक्रिया नजनाइ बस्ने सम्भावना धेरै कम छ। यसले नेपालका नेतृत्वमा भारतको नीति र कश्मीर क्षेत्रको सुरक्षा स्थितिमा गम्भीर प्रभाव पार्न सक्छ। यस बीचमा नेपाल नाकामा पनि भारतले सुरक्षा बढाएको छ।

    यो स्पष्ट देखिन्छ कि कश्मीरको पहलगाममा भएको हमला केवल एक स्थानीय आतंकवाद होइन, बरु यसले भारत–पाकिस्तान सम्बन्धको दन्किरहेको आगोमा पेट्रोल थप्ने घटना भएको छ। यस घटनाले आक्रोशित बनेको भारतको प्रतिक्रिया कति तीव्र र रणनीतिक हुनेछ, अब भारत के जवाफ दिनेछ, भन्ने विषय अहिले सारा विश्वको ध्यानाकर्षणको केन्द्र बनेको छ।
    भारत के गर्ला ?

    सोमबार, बैशाख १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.