• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, भदौ १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

आन्दोलन गर्ने लघुवित्त पिडितको चेतावनी

प्रधान सेनापति ट्रफि २०८२ प्रतियोगिता सुरु

रुपन्देही उपनिर्वाचन : सङ्गठन जोगाउनुपर्ने दबाबमा माओवादी

रास्वपाको सिको गर्दै राप्रपा

एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात

टि-२० अन्तराष्ट्रीय क्रिकेटबाट मिचेल स्टार्कको सन्यास

धमाधम अतिक्रमित सामाग्री हटाउदै चन्द्रपुर नगरपालिका

अन्तराष्ट्रीय स्तरमा ओली, पुटिनद्वारा रस्सा भ्रमणको निम्तो

मंगलबार एकैदिन देशका दुई ठाउँमा भुकम्प

लोकप्रिय समाचार

  • १. १७ भदौ २०८२, मंगलवार September 02, 2025

  • २. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • ३. कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

  • ४. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ५. रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

  • ६. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ७. झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

  • ८. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

  • ९. ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

  • १०. एकै मंचमा मोदी, सी र पुटिन

‘मेरो नेतृत्व ठिकठाक छ, २०/२५ वर्ष हतार नगर्नू’: प्रधानमन्त्री ओली


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वप्रति शंका नगर्न र विकल्प नखोज्न चेतावनी दिएका छन् ।

    Advertisement

    पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत् ओलीले आफ्नो नेतृत्व देश र जनताको हितमा रहेको तर्क गरेका छन् । तर पार्टी नेतृत्वको विकल्प खोजिन थालेकोप्रति ओलीले आश्चार्य प्रकट गरे, ‘दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला, केपी ओली बिनाको एमाले ?’

    गलत मनसाय राख्नेहरूले आफू बिनाको एमाले कल्पना गरिरहेको ओलीले व्याख्या गरे ।

    ‘तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थे नि !,’ ओलीले प्रश्न गरे, ‘तर हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरूलाई ।’

    लामो सम्बोधनका क्रममा पार्टी नेतृत्वको विकल्पको प्रशंगमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति आक्रोश पोखेको प्रष्ट बुझ्न सकिन्छ । किनकि पूर्वराष्ट्रपति भण्डारीले ओलीको स्वास्थ्य र उमेरका कारणले पनि नयाँ नेतृत्व आवश्यक परेको सार्वजनिक तर्क गरेकी थिइन् ।

    ओलीले पनि स्वास्थ्य र उमेरलाई आधार मानेर नेतृत्व परिवर्तनको हतारो नगर्न आग्रह गरे । ‘कतिपयलाई मेरो उमेरको चिन्ता छ, कतिपयलाई मेरो स्वास्थ्यको चिन्ता छ’ ओलीले भने, ‘पोहोरपरार बिरामी थिएँ । अहिले बिरामीसिरामी छैन । अब मलाई बुढै देख्नु मन छ भने त २०/२५ वर्ष पर्खनुस् न बाबा । बुढो नभइ त मान्छे रहनै सक्दैन नि ’

    ओलीले उमेरका सन्दर्भ फेरि पनि यसअघि जस्तै आफ्नै पिताको उदाहरण दिए । ‘हतार गरेर हुँदैन, २०/२५ वर्ष पर्खनुस् । अहिले त मेरो बुवा हिंड्दै हुनुहुन्छ, लौरो नटेकीकनै,’ उनले भने, ‘मलाई बुढो, के भको आँखा होला ? मेरो बुवालाई भने हुन्थ्यो होला बरु ।’

    उमेर र स्वास्थ्य दुवै हिसाबले पार्टी नेतृत्व छोड्ने बेला नभएको तर्क गरेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई अप्रत्यक्ष चुनौती पनि दिए, ‘एक दिन हाफ म्याराथुन स्याराथुन राखौं कि क्या हो ?’

    आफूले सकेसम्म कञ्जुस्याई नगरिकन नेतृत्व गर्ने ओलीले दाबी गरे । ‘जबसम्म यस मिसनलाई बोक्न सक्छौं, कञ्जुस्याई नगरिकन बोक्छौं । जब सक्दैनौं, बाँकी साथीहरू आउँछन्’ उनले भने, ‘हिजोका साथीहरू बितेर जानुभयो, हामीले थामेर बोकेर आएका छौं । हामी पछि अरु साथीहरूले थामेर अगाडि बढाउनु हुन्छ ।’

    नेतृत्वका निम्ति आफू योग्य रहेको पुष्टि गर्न ओलीले अनेकौं उदाहरण दिए । ‘सबै शक्ति एकजुट भएर, फुटाएर, टुक्र्याएर सिध्याउँछु भनेर सबै प्रकारका हमला केन्द्रीत गर्दा जोगिएर आएको पार्टी हो । जोगिएर मात्र होइन, प्रमुख शक्तिका रुपमा स्थापित भएको पार्टी हो’ ओलीले पार्टी विभाजनको समय सम्झेका थिए ।

    तर आफ्नो नेतृत्वले घेराबन्दी तोडेर तीन वर्षभित्रै सरकारको नेतृत्वमा फर्किएको ओलीले बताए । ‘असार १७ गते राति नै सबै छक्क परे । सिध्याउँछौं भनेको एमाले, सिध्याउँछौं भनेको केपी ओली प्रधानमन्त्री पो हुने भयो । दुनियाँ लाग्दा पनि केपी ओली प्रधानमन्त्री, फेरि एमाले सरकारमा’, ओलीले आफ्नो नेतृत्व पुष्टि गर्न खोजे ।

    नेतृत्व फेर्ने समय नभएको तर्कसँगै ओलीले नेता–कार्यकर्तालाई आत्मविश्वास बलियो बनाउन आग्रह पनि गरे ।

    ‘

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुपन्देही उपनिर्वाचन : सङ्गठन जोगाउनुपर्ने दबाबमा माओवादी
    रास्वपाको सिको गर्दै राप्रपा
    एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात
    अन्तराष्ट्रीय स्तरमा ओली, पुटिनद्वारा रस्सा भ्रमणको निम्तो
    सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभामा पेस
    संचार कानुनहरु संशोधन गर्न धेरै चुनौती रहेको मन्त्री गुरुङको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      १७ भदौ २०८२, मंगलवार September 02, 2025

    • २.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • ३.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    • ४.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ५.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ६.
      प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

    भर्खरै

    • १.
      आन्दोलन गर्ने लघुवित्त पिडितको चेतावनी

    • २.
      प्रधान सेनापति ट्रफि २०८२ प्रतियोगिता सुरु

    • ३.
      रुपन्देही उपनिर्वाचन : सङ्गठन जोगाउनुपर्ने दबाबमा माओवादी

    • ४.
      रास्वपाको सिको गर्दै राप्रपा

    • ५.
      एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात

    • ६.
      टि-२० अन्तराष्ट्रीय क्रिकेटबाट मिचेल स्टार्कको सन्यास

    • ७.
      धमाधम अतिक्रमित सामाग्री हटाउदै चन्द्रपुर नगरपालिका

    • ८.
      अन्तराष्ट्रीय स्तरमा ओली, पुटिनद्वारा रस्सा भ्रमणको निम्तो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.