• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • १०. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

‘मेरो नेतृत्व ठिकठाक छ, २०/२५ वर्ष हतार नगर्नू’: प्रधानमन्त्री ओली


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वप्रति शंका नगर्न र विकल्प नखोज्न चेतावनी दिएका छन् ।

    Advertisement

    पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत् ओलीले आफ्नो नेतृत्व देश र जनताको हितमा रहेको तर्क गरेका छन् । तर पार्टी नेतृत्वको विकल्प खोजिन थालेकोप्रति ओलीले आश्चार्य प्रकट गरे, ‘दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला, केपी ओली बिनाको एमाले ?’

    गलत मनसाय राख्नेहरूले आफू बिनाको एमाले कल्पना गरिरहेको ओलीले व्याख्या गरे ।

    ‘तिनको मनसाय राम्रो भए त म सरक्क छोड्दिहाल्थे नि !,’ ओलीले प्रश्न गरे, ‘तर हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरूलाई ।’

    लामो सम्बोधनका क्रममा पार्टी नेतृत्वको विकल्पको प्रशंगमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति आक्रोश पोखेको प्रष्ट बुझ्न सकिन्छ । किनकि पूर्वराष्ट्रपति भण्डारीले ओलीको स्वास्थ्य र उमेरका कारणले पनि नयाँ नेतृत्व आवश्यक परेको सार्वजनिक तर्क गरेकी थिइन् ।

    ओलीले पनि स्वास्थ्य र उमेरलाई आधार मानेर नेतृत्व परिवर्तनको हतारो नगर्न आग्रह गरे । ‘कतिपयलाई मेरो उमेरको चिन्ता छ, कतिपयलाई मेरो स्वास्थ्यको चिन्ता छ’ ओलीले भने, ‘पोहोरपरार बिरामी थिएँ । अहिले बिरामीसिरामी छैन । अब मलाई बुढै देख्नु मन छ भने त २०/२५ वर्ष पर्खनुस् न बाबा । बुढो नभइ त मान्छे रहनै सक्दैन नि ’

    ओलीले उमेरका सन्दर्भ फेरि पनि यसअघि जस्तै आफ्नै पिताको उदाहरण दिए । ‘हतार गरेर हुँदैन, २०/२५ वर्ष पर्खनुस् । अहिले त मेरो बुवा हिंड्दै हुनुहुन्छ, लौरो नटेकीकनै,’ उनले भने, ‘मलाई बुढो, के भको आँखा होला ? मेरो बुवालाई भने हुन्थ्यो होला बरु ।’

    उमेर र स्वास्थ्य दुवै हिसाबले पार्टी नेतृत्व छोड्ने बेला नभएको तर्क गरेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई अप्रत्यक्ष चुनौती पनि दिए, ‘एक दिन हाफ म्याराथुन स्याराथुन राखौं कि क्या हो ?’

    आफूले सकेसम्म कञ्जुस्याई नगरिकन नेतृत्व गर्ने ओलीले दाबी गरे । ‘जबसम्म यस मिसनलाई बोक्न सक्छौं, कञ्जुस्याई नगरिकन बोक्छौं । जब सक्दैनौं, बाँकी साथीहरू आउँछन्’ उनले भने, ‘हिजोका साथीहरू बितेर जानुभयो, हामीले थामेर बोकेर आएका छौं । हामी पछि अरु साथीहरूले थामेर अगाडि बढाउनु हुन्छ ।’

    नेतृत्वका निम्ति आफू योग्य रहेको पुष्टि गर्न ओलीले अनेकौं उदाहरण दिए । ‘सबै शक्ति एकजुट भएर, फुटाएर, टुक्र्याएर सिध्याउँछु भनेर सबै प्रकारका हमला केन्द्रीत गर्दा जोगिएर आएको पार्टी हो । जोगिएर मात्र होइन, प्रमुख शक्तिका रुपमा स्थापित भएको पार्टी हो’ ओलीले पार्टी विभाजनको समय सम्झेका थिए ।

    तर आफ्नो नेतृत्वले घेराबन्दी तोडेर तीन वर्षभित्रै सरकारको नेतृत्वमा फर्किएको ओलीले बताए । ‘असार १७ गते राति नै सबै छक्क परे । सिध्याउँछौं भनेको एमाले, सिध्याउँछौं भनेको केपी ओली प्रधानमन्त्री पो हुने भयो । दुनियाँ लाग्दा पनि केपी ओली प्रधानमन्त्री, फेरि एमाले सरकारमा’, ओलीले आफ्नो नेतृत्व पुष्टि गर्न खोजे ।

    नेतृत्व फेर्ने समय नभएको तर्कसँगै ओलीले नेता–कार्यकर्तालाई आत्मविश्वास बलियो बनाउन आग्रह पनि गरे ।

    ‘

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र
    अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल
    दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त
    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप
    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    • २.
      दोस्रो जितको लक्ष्यसहित आज श्रीलंकासँग भिड्दै नेपाल

    • ३.
      बैंकिङ कसुर प्रकरणमा भट्ट र अग्रवाल उच्च अदालतमा, बयान सुरु

    • ४.
      अर्ग्यानिक क्षेत्रका व्यवसायीसँग आज प्रधानमन्त्रीको छलफल

    • ५.
      जन्तर–मन्तरमा प्रदर्शनको त्रास, दिल्लीका १६ मेट्रो स्टेशन बन्द

    • ६.
      दल–दल फेरेका थापा स्काउटको ऐनविपरीत प्रमुख आयुक्त नियुक्त

    • ७.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • ८.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.