• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ६. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ७. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

  • १०. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

रविको राहदानी कसूर ठहरे सधैंभरि निर्वाचन लड्न अयोग्य हुनसक्छन्, !


  •   शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित
  • सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका निवर्तमान उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने गत आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएर तत्कालै गृह मन्त्रालयमा फर्कन खोजे । प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई तत्काल जिम्मेवारी दिन आनाकानी गर्दै आएका छन् ।

    Advertisement

    ‘राहदानी दुरुपयोगको जाहेरी अलि गम्भीर प्रकृतिकै देखियो, प्रहरीले दर्ता नगरेकै कारण जाहेरी रोकिंदैन, सरकारी वकिलको कार्यालयमा पेश गरेर वा हुलाक मार्फत पनि दर्ता हुनसक्छ’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘अलि गम्भीर प्रकृतिको यो मुद्दा अघि बढेमा लामिछानेलाई थप कठिनाइ हुने देखिन्छ ।’

    पासपोर्ट सम्बन्धी व्यवस्थालाई नियमन गर्न पछिल्लो पटक २०७६ सालमा राहदानी ऐन जारी भएको छ । तर, लामिछानेले २०७३ सालमा अमेरिकाको नागरिकता कायम भएको बेला आफू नेपाली नागरिक रहेको भनी गलत विवरण पेश गरी त्यसका आधारमा पासपोर्ट लिएकाले उनको हकमा पुरानो राहदानी ऐन, २०२४ आकर्षित हुने एक सरकारी वकिलले बताए ।

    गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भएको बेलामा न्यायाधीशहरूले लामिछानेले अमेरिकी नागरिकता कायम रहेका बेला नेपाली पासपोर्ट लिएको र पछि मात्रै अमेरिकी नागरिकता त्यागेको बारे प्रश्न गरेका थिए । जवाफमा कानुन व्यवसायीहरूले ‘पासपोर्ट लिए पनि त्यसको प्रयोग नगरेको’ भन्दै लामिछानेको प्रतिरक्षा गरेका थिए ।

    लामिछानेले १० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट शुरुमा नागरिकताको प्रमाणपत्र लिएका थिए । अमेरिका पुगेको उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०) मा त्यहाँको नागरिकता प्राप्त गरे । करिब तीन वर्षपछि ११ मे २०१५ (२८ वैशाख २०७२) मा उनी नेपाल फर्किए र १६ दिनपछि १३ जेठमा नेपाली पासपोर्ट लिए ।

    उनी त्यतिबेला अमेरिकाको नागरिकता त्यागेका थिएनन् । ‘कायम नभएको’ नेपाली नागरिकता देखाएर आफ्नो अमेरिकी नागरिकता लुकाई पासपोर्ट लिएकोले उनीमाथि झुटो विवरण पेश गरेको आरोप लागेको हो ।

    पुरानो ऐनको दफा ५ मा ‘जानी–जानी झुट्टा विवरण दिई राहदानी प्राप्त गरेमा वा प्राप्त गर्ने उद्योग गरेमा’ तीन वर्षसम्म कैद र तीसहजार रुपैयाँसम्म जरिवाना हुने भन्ने व्यवस्था छ । झुटो विवरण बुझाएर पासपोर्ट लिनु अहिले पनि दण्डनीय मानिएकाले लामिछानेको हकमा यो व्यवस्था अनुसार कारबाही अघि बढ्ने देखिने ती सरकारी वकिलले बताए ।

    करिब ३ वर्ष १ महिनासम्म उनले एकसाथ अमेरिका र नेपालको पासपोर्ट साथमा राखेका थिए । ४ जेठ २०७५ मा अमेरिकी नागरिकता त्याग्ने निवेदन दिएका उनले ४० दिनपछि मात्रै त्यो प्रक्रिया पूरा भएको पत्र पाएका थिए ।

    राहदानी ऐनमा भएको व्यवस्था अनुसार, त्यसको दुरुपयोग सम्बन्धी उजुरीमा सरकारी निकायले अनुसन्धान गर्न पाउँछ । अनुसन्धान अधिकारीले आवश्यक देखेमा तत्काल आरोपितलाई पक्राउ गर्न पाउने सुविधा समेत ऐनले दिएको छ ।

    नयाँ राहदानी ऐनमा समेत झुटो विवरण दिई राहदानी लिन नहुने उल्लेख छ । त्यसरी राहदानी लिएमा दुईदेखि पाँच लाख रुपैयाँ जरिवाना, एकदेखि तीन वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ । तर ऐन जारी हुनुभन्दा पहिलेको कसूरमा पुरानै कानुन आकर्षित हुने कानुन व्यवसायीहरू बताउँछन् ।

    लामिछाने विरुद्ध जाहेरी दिएका युवराज पौडेलले प्रहरीमा पेश गरेको जाहेरीको प्रतिलिपि अनौपचारिक रूपमा समेत महान्यायाधिवक्ता कार्यालयमा पुगेको छ । उनले जाहेरीमा भनेका छन्, ‘केवल नेपाली नागरिकले मात्रै प्राप्त गर्न सक्ने नेपाली राहदानी प्राप्त गर्ने जुन कार्य गरेका छन्, सो (काम) कानुनद्वारा वर्जित र दण्डनीय छ ।’

    शुक्रबार, माघ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ६.
      “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.