निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सन् २०२५ भित्रै नेपालबाट थ्रिजी सेवा बन्द गर्ने भएको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौँमा आयोजना गरेको ‘रिभाइटलाइजिङ द टेलिकम इन्डस्ट्री’ विषयक कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धनिर्देशक जाब्बोर कायुमोभले उक्त जानकारी दिएका हुन्।
यही वर्ष थ्रिजी सेवा बन्द गर्ने तयारी कम्पनीले गरेको उनको भनाइ थियो। यसका लागि सरकारले भीओएलटीई प्रविधि नचल्ने फोनको आयातमा कडाइ गर्न उनले सरकारलाई अनुरोध गरे।