×
शनिबार, असार २१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा

नजन्मनेछ!

च्यातिदेऊ त्यो प्रेमपत्र !

गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ३. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ४. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ५. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ६. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ७. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ८. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ९. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • १०. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

भरतपुर र कालिका नगरपालिका जोड्ने प्रमुख सडक धमाधम कालोपत्रे हुदै !


  •   सोमबार, असोज २१, २०८१ मा प्रकाशित
  • चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने प्रमुख सडकको कालिकातर्फको सडक धमाधम कालोपत्रे गर्न थालिएको छ । निकै लामो समयदेखि सडक बिग्रदा कालिका नगरपालिकासहित रत्ननगर नगरपालिकाको चैनपुर, पिठुवा आवातजावत गर्ने धेरैलाई समस्या हुँदै आएको थियो ।

    Advertisement

    कालिकाका मेयर विनोद रेग्मीले दशैं अगाडि नै नगरपालिका छिर्ने मुख्य सडकखण्ड अन्तर्गत कालिका गेटवेको सडक कालोपत्रे भएर सहज आवागमन हुने बताए ।खगेडी खोलाको पुलदेखि गढुवाचोकसम्मको सडक सैयुन कन्स्ट्रक्सन प्रा.लि.ले कालोपत्रे गर्ने ठेक्का पाएको थियो । गत वैशाख २६ गते ठेक्का लागेको सडक यही असोज ३० गतेसम्म काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरेको थियो । सो कम्पनीले वीपीचोकदेखि पूर्व वडा नं. ४ जाने सडक पनि कालोपत्रे गर्दैछ ।

    दुवै सडकको गरेर भ्याट र पीएससहित एक करोड ३३ लाख ५ हजार १ सय ६४ को लागतमा सडक कालोपत्रे गर्न लागिएको छ ।नगरप्रमुख रेग्मीले २ दिनमा नै कालोपत्रेको काम सकिने बताए । ६ मिटर चौडाइ र ३० एमएम मोटाईको पिच तयार हुँदै गरेको नगरप्रमुख रेग्मीले जानकारी दिए ।

    उनले नगरपालिकाको आफ्नै बजेटबाट सडक कालोपत्रेको काम गरिएको बताए । ‘यो सडक कालिका छिर्ने मुख्य सडक हो, लामो समयदेखि सडक बिग्रदा सबैको गाली खानुपर्ने अवस्था थियो, घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएर हिड्न गाह्रो थियो, इम्प्रेसन पनि नराम्रो परेको थियो, तीन बर्ष अगाडि लागेको ठेक्का तोडर नयाँ ठेक्का गर्दा समय लाग्यो,’ नगर प्रमुख रेग्मीले भने, ‘नगरपालिकावासीकै करबाट उठेको रकमले सडक पिच गरेका हौं ।’नगर प्रमुख रेग्मीले यो खण्ड कालोपत्रे गर्न संघीय सरकार, प्रदेश सरकारबाट सडकका लागि कुनै सहयोग नआएको बताए ।

    भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने बरण्डाभार जंगलको सडक बिग्रदा यो सडक भएर यात्रा गर्नेहरूले धेरै नै सास्ती झेल्दै आएका छन् ।कालिका जोड्ने सडकको अधिकांश खण्ड भरतपुरमा पर्छ । भरतपुरतर्फ बिग्रिएको सडक कालोपत्रे गर्नका लागि गत साउन २९ गते सडक डिभिजन कार्यालय भरतपुरले टेण्डर गरेको थियो । एक करोड ११ लाख २० हजार ४१९ रुपैयाँ भ्याटसहितको लागतमा सो ठेक्का गुण निर्माण सेवा हेटौडा ११ ले पारेको छ ।

    सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर चन्देश्वर यादवले भरतपुरदेखि कालिका जोड्ने सडकको बिग्रिएको सडक कालोपत्रे गर्ने गरी टेण्डर गरिएको बताए ।उनले चालु आर्थिक बर्ष भित्रमा नै सडक कालोपत्रे हुने बताए । सो सडकखण्डको ठाउँ ठाउँमा ढलान छ । ढलान भएको भागलाई छाडेर बाँकी भाग कालोपत्रे हुने गरी टेण्डर गरिएको सूचना अधिकारी यादवले जानकारी दिए ।

    • कालिका नगरपालिका
    सोमबार, असोज २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !
    एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !
    अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा
    गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु
    संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड
    प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ३.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ४.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    • ६.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    भर्खरै

    • १.
      कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने !

    • २.
      एप्पल लोगो आईफोन १७ प्रो सिरिजमा अर्कै ठाउँमा राखिने !

    • ३.
      अमेरिकाको टेक्सासमा बाढीमा २४ को मृत्यु, आपतकाल घोषणा

    • ४.
      नजन्मनेछ!

    • ५.
      च्यातिदेऊ त्यो प्रेमपत्र !

    • ६.
      गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

    • ७.
      संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

    • ८.
      प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.