पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएकोमा यो रेकर्डलाई आज (शुक्रबार) ५०० रुपैयो बढेको छ ।
सुन आइतबार एक लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार एक लाख ५९ हजार २०० मा, मंगलबार एक लाख ५९ हजार ७०० र बुधबार एक लाख ६० हजार ४०० रुपैयाँमा सुन कारोबार भएको थियो । यो हप्ताभरी नै नयाँ–नयाँ रेकर्ड बनाएर सुनको मूल्य उकालो लागेको हो ।