×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

आजको फलफूलको थोक मूल्य यस्तो छ ?

Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ३. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ४. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ५. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ६. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ७. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ८. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ९. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

  • १०. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

दसैंका लागि असोज १२ देखि बसको अग्रिम टिकट बुकिङ खुल्दै


  •   बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं – यसपालिको दसैंमा काठमाडौंबाट देशभरका विभिन्न गन्तव्यमा जाने यात्रुहरूका लागि लामो दूरीका बसको अग्रिम टिकट बुकिङ असोज १२ गते (शनिबार)बाट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार यातायात व्यवसायीको उपस्थितिमा भएको बैठकले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

    Advertisement

    सो बैठकमा यातायात व्यवस्था विभागले आगामी असोज १० गतेबाटै टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको थियो । तर, बैठकमा सहभागी यातायात व्यवसायीले तयारीको समय केही कम हुने सुझावसहितको धारणा राखेपछि दुवै पक्षबीच भएको सो छलफलमा आगामी असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ सुरु गर्ने सहमति जुटेको हो ।

    सरकार र सम्बन्धित यातायात व्यवसायी प्रतिनिधिहरूबीच सम्पन्न भएको बैठकले सम्भव भएसम्म यातायात व्यवसायीले अनलाइनमार्फत बुकिङको व्यवस्था मिलाउने निर्णय गरेको छ । आगामी असोज १७ गते घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि अध्ययन, विभिन्न पेसा, व्यवसाय एवं काम विशेषले काठमाडौं उपत्यकामा बस्दै आएका लाखौं यात्रु सडकमार्ग हुँदै आ–आफ्नो गन्तव्यमा जाँदै छन् ।

    यातायात आवागमन सहज बनाउन घटस्थापनादेखि आगामी कात्तिक १ गते पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने बाहेकका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णयसमेत सो बैठकले गरेको विभागले जनाएको छ ।

    सोही बैठकमा घटस्थापनादेखि पूर्णिमासम्म यात्रुबाहक सवारीसाधनलाई देशभर रुट परमिट खुला गर्ने निर्णय पनि भएको विभागले जानकारी दिएको छ । सम्बन्धित यातायात व्यवसायी, गोंगबुको नयाँ बसपार्कस्थित लोत्से बहुउद्देश्य प्रालि, नाडाका प्रतिनिधि, सिप्रदीसमेतका प्रतिनिधि र सरकारका प्रतिनिधिबीच सम्पन्न भएको सो बैठकमा ट्राफिक प्रहरीको पनि उपस्थिति थियो । विभागले घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने बताएको छ । याे समाचार राजधानी दैनिकमा छ ।

    बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा
    पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी
    संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा
    आजको फलफूलको थोक मूल्य यस्तो छ ?
    Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !
    कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ३.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ४.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ५.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ६.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    भर्खरै

    • १.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • २.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    • ३.
      संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

    • ४.
      आजको फलफूलको थोक मूल्य यस्तो छ ?

    • ५.
      Connect IPS को नाममा ग्राहकहरूलाई ठगिन बाट सावधानी अपनाउन नेपाल टेलिकमको आग्रह !

    • ६.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      मन्थलीको पाखाबारीमा लरी दुर्घटना,चालक घाइते

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.