• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : मन्त्री पृथ्वीसुब्बा गुरुङ


  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई सफल तुल्याउनेदेखि समाजलाई सुसूचित गर्न सञ्चार क्षेत्रले जोखिममा रहेर पनि काम गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजिन प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले बेथिती र विसङ्गतिविरुद्ध आवाज उठाउने पत्रकारिता क्षेत्रको संरक्षण गर्न राज्यले ध्यान दिइरहेको बताउनुभयो ।

    Advertisement

    न्यूनतम पारिश्रमिकसमेत नपाउने स्थिति झेलेर पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेका छन्, पत्रकार हरेक हिसाबले जोखिममा छन्, यद्यपि, आफ्नो जिम्मेवारी पूरा गरिहएका छन्”, उहाँले भन्नुभयो, “यस क्षेत्रको सुरक्षा गर्ने दायित्व राज्यको हो र हामीले अब नीति र कानुन बनाएर पत्रकारिता जगत्लाई सहज बनाउन लागेका छौँ ।” सार्वजनिक सेवा प्रसारण ऐनलाई चाँडै नै कार्यान्वयनमा ल्याइने जानकारी गराउँदै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालको समायोजनलाई व्यवस्थित बनाइने बताउनुभयो ।

    मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा दुवै निकायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “मन्त्रालयले यसवर्ष कानुन निर्माण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ, कानुन निर्माणमा सबैको साथ जरुरी छ”, उहाँले भन्नुभयो ।

    पाँच पत्रकारलाई हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार

    सो अवसरमा यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी होम कार्की, प्रकाश तिमल्सिना र श्याम श्रेष्ठ तथा नेपाल टेलिभिजनकर्मी दुर्गाकुमारी भट्ट र विपिन श्रीवास्तवलाई प्रदान गरिएको छ । मन्त्री गुरुङले पुरस्कृत पाँच पत्रकारलाई संयुक्त रुपमा रु एक लाख र ताम्रपत्र प्रदान गर्नुभयो । युद्धग्रस्त मुलुक इजरायलमा पुगेर कान्तिपुरकर्मीले स्थलगत ‘रिपोर्टिङ’ गरेका गरेका थिए भने नेपाल टेलिभिजनकर्मीले दार्चुलाको दुर्गम अपी हिमाल क्षेत्रको स्थलगत रिपोर्टिङ गरेका थिए ।

    पुरस्कृत कान्तिपुरकर्मी कार्कीले इजरायलबाट हमास–इजराइल युद्धको रिपोर्टिङ गर्दाको अनुभव सुनाउनुभयो । “हामीले अन्धाधुन्द गोली र मिसाइल बज्रिरहेको अवस्थामा पत्रकारिता गर्यौं”, उहाँले भन्नुभयो, “ज्यानकै असुरक्षा हुँदा पनि पत्रकारले रिर्पोटिङ नगरी बस्न मनले मान्दो रहेनछ, युद्ध क्षेत्रमा पुगेर रिर्पोटिङ गर्नु आफैँमा जोखिम थियो ।”

    पुरस्कार छनोट समितिमा रहनुभएका राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले विषयको छनोट, परिवेश, दृश्य र त्यसको प्रभावसमेतलाई मूल्याङ्कन गरेर पुरस्कार छनोट गरिएको बताउनुभयो । “पत्रकारिता आफैँमा जोखिमपूर्ण हुन्छ,” उहाँले भन्नुभयो, “यस पुरस्कारले हरेक पत्रकारलाई जोखिम मोल्न सक्ने ऊर्जा प्रदान गर्न मद्दत गर्छ ।”

    नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले जोखिमपूर्ण क्षेत्रमा खटिइएर पत्रकारिता गर्न पुरस्कारले ऊर्जा प्रदान गर्ने बताउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल तामाङले सकेसम्म जोखिम मोलेर पत्रकारिता गर्नुपर्ने स्थिति राज्यमा सिर्जना नहोस् भन्ने कामना गर्नुभयो ।

    नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारीले सदस्य शुद्धीकरणका विषयले महासङ्घको निर्वाचन लम्बिएको जनाउँदै चाँडै नै निर्वाचन गराउन प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घ टेलिभिजन शाखाका अध्यक्ष दीपकजङ्ग हमालले राज्यले सुरक्षित पत्रकारिता गर्ने कानुनी आधार सिर्जना गराउन आग्रह गर्नुभयो ।

    पत्रकार महासङ्घ, नेपाल टेलिभिजन शाखाले २०६४ सालदेखि पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहको स्मृतिमा रु एक लाख राशीको उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कार छनोट समितिमा झासहित वरिष्ठ सञ्चारविद् मन्टेश्वरी राजभण्डारी, नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शाह, समाचार प्रमुख पुष्पहरि क्याम्पा राई र प्रतिष्ठान अध्यक्ष हमाल सदस्य हुनुहन्थ्यो ।

    सो अवसरमा नेपाल टेलिभिजनका ज्येष्ठ कर्मचारी सरस्वती शर्मा र सुधीरकुमार मिश्रसमेतलाई सम्मान गरिएको थियो ।

    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.