• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

स्वस्थ खानपानका लागि पालना गर्नुहोस् यी १० सर्त


  •   बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
  • काठमाण्डौं – स्वस्थ शरीरका लागि खानपान महत्वपूर्ण हुन्छ । पछिल्लो समय जंकफुडको प्रयोगले स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ । जसका कारण दीर्घरोगीको संख्या बढिरहेको छ । खाना नै शरीरको सम्पूर्ण उर्जा र प्राणको स्रोत हुन् । भनिन्छ, हामी जस्तो खान्छौं त्यस्तै हुन्छौं । खराब खानपानले रोगी हुन्छौं, सही खानपानले निरोगी एवं तन्दुरुस्त । यो सामान्य ज्ञान सबैमा छ ।

    Advertisement

    शरीर एवं स्वास्थ्यका लागि खाना अनिवार्य छ । तर, कस्तो खाना ? कति खाना ? यो प्रश्न पनि साथसाथै जोडिएर आउँछ । त्यसैगरी खानापानको तालिका पनि उचित हुन जरुरी छ ।

    खाना खान नछाडौं

    हाम्रो भान्सामा पाक्ने परम्परागत खानपान नै सम्पूर्ण पोषणको स्रोत हुन् । पितापूर्खाले जस्तो खानेकुरा खाँदै आए, त्यही खानालाई निरन्तरता दिनुपर्छ । आयतित खानेकुरामा जोड दिने भन्दा पनि आफ्नो नियमित खानपानलाई प्राथमिकता दिनु जरुरी छ । जस्तो, दाल, भात, तरकारी, अचार आदि । यसमा दुध, दही, मोही, बेलाबखत माछामासु पनि सामेल गरौं ।

    पूर्खाको शैली अपनाऔं

    हाम्रो आफ्नै परम्परागत खानपान शैली छ । जस्तो कि, पलेँटी मारेर बस्ने, हातले खाने । अहिले धेरैले यस्तो शैली छाड्दै गएका छन् । जबकी हाम्रो परम्परागत खानपान शैलीले पाचन प्रणाली चुस्ता राख्न समेत मद्दत गर्छ ।

    मन लगाएर खाऔं

    अहिले धेरैजसो मोवाइल चलाउँदै खाना खान्छन्, टेलिभिजन हेर्दै खाना खान्छन् । वा खाना खाइरहँदा अन्यत्र ध्यान दिइरहेका हुन्छन् । त्यही कारण आफुले खाएको खाना कस्तो थियो, कति खाइयो भन्ने पनि हेक्का हुन छाडेको छ । यस्तो खानपान शैली सही होइन । खाना खाइरहँदा सम्पूर्ण ध्यान खानामा केन्द्रित गर्नुपर्छ । हरेक गाँसमा स्वाद लिएर खानुपर्छ । अर्थात खानाबाट पनि भरपुर आनन्द लिन जरुरी छ ।

    समय तालिका अपनाऔं

    हामीमध्ये धेरैजसोले मन लागेको बखत वा मुड चलेपछि मात्र खाना खाने गर्छन् । कामको चक्करमा कतिपयले खाना खाने फुर्सद निकाल्दैनन् । कतिबेला खाने भन्ने कुराको कुनै निश्चित टुंगो हुँदैन । यसले हाम्रो स्वास्थ्यमा असर गर्छ । खाना खानका लागि एक निश्चित समय तालिका तय गर्नु जरुरी छ । बिहान, दिउँसो, साँझ एउटै समयमा खाना खाने गर्नुपर्छ ।

    थोरै–थोरै तर पटक–पटक

    कतिपय अवस्थामा बाध्यता वा हाम्रो प्रवृत्ति यस्तो छ कि, एकै पटक भरपेट खाना खाने । यसले पाचन प्रणालीमा नराम्रो असर गर्छ । त्यसैले थोरै थोरै तर पटक पटक खानु उपयुक्त हुन्छ ।

    आफ्नै उत्पादनलाई प्राथमिकता

    अहिले हामी बजारमुखी भएका छौं । धेरैका निम्ति यो बाध्यता पनि छ । यद्यपि बजारसम्म आइपुग्ने खानेकुराको शुद्धतामाथि सधै प्रश्न उठ्ने गर्छ । आफ्नो स्वास्थ्यको संवेदनशिलतालाई बुझेर विषादीयुक्त खानेकुरा सेवन नगरौं । सकेसम्म जैविक खानेकुरा खाऔं । आफ्नै बारी, करेसाबारी, बार्दली आदिमा उब्जनी गरेर भएपनि ताजा र जैविक सागसब्जी सेवन गरौं ।

    काँचो खानेकुरामा जोड दिऔं

    धेरैजसो खानेकुरा यस्ता हुन्छन्, जसलाई काँचै खान सकिन्छ । जस्तो कांक्रो, गाँजर, मुला, गोलभेडा । त्यसैगरी कतिपय सागपात, काउली, बन्दा आदि पनि काँचै खान सकिन्छ । जुन खानेकुरा पकाउन आवश्यक हुँदैन, त्यस्ता खानेकुरा आफ्नो छाकमा सामेल गरौं । जस्तो, सलाद, फलफूल आदि ।

    संभव भएसम्म घरकै खाना

    हामीमध्ये कतिपय घरभन्दा बाहिर खानेकुरा खाने गर्छन् । कार्यव्यस्तताको कारण पनि कतिले आफ्नो भान्सामा पाकेको खानेकुरा खान पाउँदैनन् । यद्यपि घरमा पकाइएको खानेकुरा जस्तो शुद्ध, ताजा खानेकुरा अन्यत्र पाउन गाह्रो हुन्छ । त्यसैले जति संभव हुन्छ, आफ्नै भान्सामा पाकेको खानेकुरा सेवन गरौं ।

    मौसम अनुसार खानपान

    हामी स्वादको चक्करमा लागेर बेमौसमी खानेकुरामा जोड दिन्छौं । यद्यपि हाम्रो शरीरका लागि त्यही खानेकुरा उपयुक्त हुन्छ, जुन मौसम अनुकुल हुन्छ । मौसम अनुसार उब्जनी हुने वा फल्ने÷पाक्ने खानेकुराबाट हाम्रो शरीरले आवश्यक पोषक तत्व प्राप्त गर्छ । त्यसैले मौसम अनुसारको खानेकुरा रोजौं ।

    खानेकुरा खरिद गर्दा

    हामी सम्पूर्ण रुपमा आफै उत्पादन गरेर खानेकुरा खान सक्दैनौं । कतिपय खानेकुराको लागि बजारमा निर्भर हुनुपर्छ । यद्यपि बजारबाट खानेकुरा खरिद गरिरहँदा त्यसको शुद्धता, गुणस्तर, उत्पादन मिति आदिमा ध्यान दिनैपर्छ । यी दस शर्त पालना गर्न सकेमा तपाई हाम्रो स्वास्थ्यमा निकै राम्रो नतिजा प्राप्त हुनेछ ।

    बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.