• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

सहकारी ठगीमा रवि लामिछाने संलग्न भए-नभएकोबारे ‘तथ्य विश्लेषण गर्दै’ संसदीय समिति


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • सहकारीमा सर्वसाधारणको बचत अपचलनबारे छानबिनका लागि गठन भएको संसदीय समितिले विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको बचत अपचलन भनिएको घटनामा पूर्वगृहमन्त्री रवि लामिछानेको संलग्नता रहे वा नरहेकोबारे प्राप्त प्रमाणहरूको विश्लेषण भइरहेको जनाएको छ।

    Advertisement

    समितिले छानबिन अन्तिम चरणमा पुर्‍याएर विश्लेषण र प्रतिवेदन लेखनको काम भइरहेको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन्।

    समितिले सहकारी संस्थाहरूको बचत र ऋण प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै सहकारी सञ्चालक, बचतकर्ता र कैयौँ सहकारीबाट ऋण लिएको भनिएको गोर्खा मिडिया नेटवर्कका व्यवस्थापकसँग बयान लिएको थियो।

    “करिब २०० वटा सहकारीको नमुनाबाट हामीले समग्र सहकारीको समस्यालाई हेर्ने कोसिस गरेका छौँ,” थापाले भने।

    समितिलाई सङ्कटग्रस्त घोषणा भएका र गोर्खा मिडियामा लगानी गरेका सहितका सहकारी संस्थाहरूको छानबिनको कार्यादेश दिइएको थियो।

    सहकारी सङ्कटको अध्ययन गरी सुझाव दिने, बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपाय सिफारिस गर्ने अनि गोर्खा मिडियाको नाममा प्रवाह भएको ऋण गैर कानुनी भए वा नभएको हेर्न भनिएको थियो।

    तीन महिनाको समयसीमा तोकिएको समितिको म्याद भदौ २२ गते सकिँदै छ। भदौ १७ सम्म प्रतिवेदनको मस्यौदा तयार गर्ने लक्ष्य लिएर काम गरिरहेको समितिले निर्धारित समयसीमाभित्रै प्रतिवेदनलाई अन्तिम रूप दिन चुनौती देखिएकाले थप समय माग गर्ने बारेमा छलफल गरिरहेको थापाले बताए।

    “प्रतिवेदनलाई अन्तिम रूप दिन थप समय लाग्न सक्ने देखिन्छ,” सभापति थापाले बीबीसी न्यूज नेपालीसँग भने।
    छानबिनका क्रममा समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिएको थियो।

    कैयौँ सहकारी संस्थाहरूबाट ऋण लिएर फिर्ता नगरेको भनिएको गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा लामिछाने राजनीतिमा प्रवेश गर्नुअघि शेअरधनी र प्रबन्ध निर्देशक थिए। समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू र त्यसमा ऋण दिएका सहकारी सञ्चालकहरूलाई पनि बयानका लागि बोलाएको थियो।

    समिति सभापति थापाले फरार रहेर विदेशमा लुकिरहेको ठानिएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईसँग पनि सम्पर्कको प्रयास भइरहेको बताए।

    समितिले राईसहित नेपालबाहिर फरार रहेका २४ जनाको खोजी गर्न सरकारलाई पत्राचार गरेको भए पनि हालसम्म कसैलाई सरकारले स्वदेश फर्काउन सकेको छैन।

    • rabi lamichhane
    • रास्वपा
    • सहकारी काण्ड
    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.