×
मङ्गलबार, भदौ १०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे

२३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना

पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

लोकप्रिय समाचार

  • १. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ४. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ५. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ६. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ७. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ८. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

  • ९. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • १०. जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

रामेछापको दोरम्बामा मध्यराती ५ घर बगे


  •   आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
  • रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कमा पहिरो खस्दा ठूलो मानविय तथा भौतिक क्षति भएको छ भने म्याग्दीको बेनीबजार आसपासको क्षेत्र बाढीबाट ठूलो क्षति भएको बारे दुखद खबर छ ।

    Advertisement

    शैलुङको पहिरोमा १० जना हराएकामा ६ जनाको शव फेला परेको छ । ४ जना अझै बेपत्ता छन् । शनिबार राति अविरल वर्षापश्चात् लेखर्कमा ११ः४५ बजेतिर आएको पहिरोले पाँच घर पूर्णरूपमा बगाएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन् ।

    थप पाँच घर क्षतिग्रस्त अवस्थामा छन् । ३० घरधुरी रहेको उक्त बस्ती नै जोखिममा परेको निरौलाको भनाइ छ । पहिरोमा परी ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । प्रहरीका अनुसार ३० वर्षीया चण्डीका थापा मगर, उनका १८ महिनाका छोरा आमस थापामगर रहेका छन् ।

    यस्तै ४० वर्षीया उर्मिला पहरी, १७ वर्षका सन्दीप, १८ वर्षका विज्ञान र १४ वर्षका सन्तोष पहरी रहेका छन् । उनीहरू एकै परिवारका हुन् । यस्तै, ७५ वर्षीया फड्की पहरी, ५५ वर्षका काले पहरी, ५४ वर्षीया, झ्याउकिरी पहरी, र २३ वर्षीया बिन्दा पहरी बेपत्ता छन् ।

    १० वर्षीया अञ्जना पहरीको उद्धार गरिएको छ। घटनास्थल गाउँपालिकाको केन्द्रबाट पनि दुई घन्टाको दूरीमा भएकाले द्धारलाई नै पहिलो प्राथमिकतामा राखेर घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिसकिएको निरौलाले बताएकी छन् ।

    उनले एक जना बालकको उद्धार गरिएको पनि जानकारी दिइन् । लेदोसहितको पहिराले ढोइगाउँ खोलाको पुलसमेत बगाएको छ । गत वर्षमात्रै निर्माण सम्पन्न भएको उक्त पुल करिब ३ करोड लागतमा तयार भएको हो ।

    बाढीले पक्की पुल नै बगाउँदा पहिरोमा बेपत्ता भएकाहरुको उद्धारमा समस्या भएको छ । दोरम्बा–शैलुङ गाउँपालिका २ र ३ जोड्ने पक्की पुल गएराति बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    यता गएराति ठूलो पानी पर्दा म्याग्दीको बेनीबजार आसपासको क्षेत्र बाढीबाट प्रभावित भएको छ । बाढीले एउटा जीप बगाएको छ भने विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पोखराबाट बेनीका लागि छुटेको ग२च ९३५५ नम्बरको जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ ।

    यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् । सशस्त्र प्रहरी बल गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालकाअनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा एउटा विद्यालय तथा ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति भएको छ ।

    बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ ।

    आइतबार, भदौ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे
    २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी
    तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना
    पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट
    भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी
    धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    Facebook Page

    लोकप्रिय

    • १.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ४.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ५.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    • ६.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    भर्खरै

    • १.
      मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे

    • २.
      २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

    • ३.
      तीज पर्वले महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छ :उपसभामुख राना

    • ४.
      पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

    • ५.
      भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

    • ६.
      धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    • ७.
      ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

    • ८.
      मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.