• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

विश्वमा ‘मंकीपक्स’ नामक अर्को भाइरस नेपालमा पनि नआउला भन्न नसकिने जनस्वास्थ्यविज्ञ,


  •   सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
  • काठमाडौं: कोरोना भाइरसको महामारी नसकिँदै विश्वमा ‘मंकीपक्स’ नामक अर्को भाइरसको बढ्दो संक्रमणले धेरैको ध्यान तानेको छ । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स भाइरस’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा पुगिसकेको छ ।

    Advertisement

    ‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो ।

    विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि गरेको छ । त्यस्तै अरु ५० जनामा संक्रमण पुष्टि भएको आशंकामा अनुसन्धान गरिरहेको छ ।
    अहिलेसम्म युरोपका संयुक्त अधिराज्य, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मंकीपक्स’ भाइरस देखा परेको छ ।

    चिकित्सकहरुका अनुसार यो भाइरस संक्रमणको स्रोत यकीन भएको छैन । मंकीपक्स संक्रमितको सम्पर्कमा नरहेकाहरुमा पनि संक्रमण भेटिएको छ । पछिल्लो समय बेलायतका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको भन्ने विज्ञहरुले आंकलन गरेका छन् । नेपालका संक्रामक रोग विशेषज्ञहरु उक्त भाइरसले स्वरुप परिवर्तन गरेको आंकलन गर्दै कोभिड–१९ को जस्तै लहरकै रुपमा फैलिनसक्ने अनुमान गर्छन् ।

    पछिल्लो समय देखिएको मंकीपक्स भाइरस विश्वव्यापी लहरकै रुपमा देखापरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन् । संक्रमित व्यक्तिको सम्पर्कमै नभएकाहरूमा पनि देखिएकाले यसको संक्रमण कसरी फैलिरहेको छ भन्ने चिन्ताको बिषय बनेको डा. पुनको भनाइ छ ।

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै मंकीपक्स भाइरस असामान्य र गैरस्थानिक बनेर फैलिएको जनाएको छ । ‘मंकीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्छ ।

    ‘मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्न सक्दछ । हाल बेलायतमा देखिएका ‘मंकीपक्स’ संक्रमितमध्ये कतिपय गे, बाई सेक्सुअलहरु पनि छन् । जसले संक्रमण कसरी फैलिरहेको छ भन्ने बहस जन्माएको छ,’ डा. पुनले भने ।

    डब्लयूएचओका अनुसार संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो भाइरसको संक्रमण छिटो फैलिन्छ र अधिकांश मानिसहरू केही हप्तामा निको हुन्छन् । भाइरस मानिसमा सजिलै सर्दैन र व्यापक जनसमुदाय जोखिममा पर्ने सम्भावना कम रहन्छ ।

    अहिले मंकीपक्स देखिरहेको देशमा भाइरसको स्वरुप परिवर्तन भएकाले महामारीका रुपमा फैलनसक्ने खतरा पनि उत्तिकै रहेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । उनका अनुसार यो भाइरसका दुई प्रकार पहिचान भएका छन् । एक, मध्य अफ्रिकाको एउटा भेरियन्ट जसले रोगको बढी लक्षण देखाउँछ, र पश्चिम अफ्रिकामा पाइने अर्को भेरियन्ट जसले हल्का लक्षण मात्रै देखाउँछ ।

    ‘मध्य अफ्रिकाको भेरियन्टले १० प्रतिशत र पश्चिम अफ्रिकामा पाइने भरियन्टले २ देखि ३ प्रतिशत मृत्यु गराउने पाइन्छ’, डा. अधिकारीले अनलाइनखबरसँग भने, ‘मध्य अफ्रिकाको भेरियन्टले कोरोना भन्दा तीन गुणा बढी मृत्यु गराउँछ ।’

    तर, अहिले फैलिएको भेरियन्ट पश्चिम अफ्रिकामा पाइने भेरियन्ट (कम घातक ) चाहिँ हो । ‘यो भाइरस सामान्यता मानिसमा खुल्ला छाला र थुकको छिटाबाट सर्ने देखिएको छ । तर, युरोपतिरका केशहरु हेर्दा कहाँबाट स¥यो भन्ने पहिचान हुन सकेको छैन । भाइरसले सर्ने स्वरुप परिर्वतन गरेको हो कि भन्ने डर भइरहेको छ,’ उनी भन्छन् ।

    चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन् । यी लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिबिराहरु देखिन थाल्छन् र ती चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ । ‘मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ । तर झन्डै दश संक्रमित मध्य एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरु बताउँछन् ।

    डा. पुन लामो समयसम्म मंकीपक्सका कारण घाउको दाग रहने हुँदा समाजिक विभेद भोग्नुपर्ने हुनसक्ने बताउँछन् ।

    नेपाल कति जोखिममा ?

    पछिल्लो समय हवाइ यातायातको सहज पहुँचले गर्दा युरोपका देशमा बढिरहेको उक्त भाइरस आगामी दिनहरुमा नेपालमा पनि नआउला भन्न नसकिने जनस्वास्थ्यविज्ञ बताउँछन् । संक्रमण पुष्टि भएका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको डा. पुनले बताए ।

    अहिलेसम्म नेपालमा उक्त भाइरसको संक्रमणको शंका नगरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. चुमनलाल दास बताउँछन् । ‘अहिलेसम्म मानिसबाट मानिसमा सरेको पाइएको छैन । तर, कपडाहरूबाट सर्छ भनिएको छ । नेपालमा हालसम्म देखिएको छैन । सरुवा रोग भएकाले सतर्कता अपनाउनुपर्नेमा हामी जानकार छौं,’ डा. दासले भने ।

    मंकीपक्सको अहिलेसम्म कुनै उपचार छैन । तर, संक्रमणको रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिने जनस्वास्थ्यविद्हरु बताउँछन् । मंकीपक्स भाइरसको विरुद्ध बिफरको खोप प्रभावकारी हुने डा. अधिकारी बताउँछन् । मंकीपक्स भाइरसको विरुद्ध इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) नभएका कारण संक्रमण फैलिने डर भएको उनको तर्क छ । समाचार संस्था बिबिसीले बिफर र मंकीपक्को भाइरसमा निकै समानता रहेको र बिफर विरुद्धको खोपले ८५ प्रतिशत सुरक्षा दिने उल्लेख गरेको छ ।

    ‘बालबालिका लागि दिइने बिफरको खोप धेरै समय पहिला नै उन्मूलन भएकाले बन्द गरिएको थियो । जसले मंकीपक्स भाइरस र बिफरबाट नै जोगाउथ्यो’, डा. अधिकारीले भने, ‘अहिले बिफरको खोप नलाएकाले संसारभरका मानिस मंकीपक्स भाइरसबाट संक्रमित हुने देखिन्छ ।’

    शरीरमा बिबिराहरु आउने हुँदा मंकीपक्स वा ठेउला के हो भनेर यकिन गर्न गाह्रो हुने डा. पुन बताउँछन् । यदि कोही व्यक्तिमा शरीरमा बिबिराहरु देखिएका छन्, संक्रमण फैलिरहेको देशबाट फर्किएको हो र शरीरमा बिबिराहरु देखिएको छ भने शंकाको घेरामा राख्नुपर्छ । थप प्रयोगशालामा परीक्षणमा पठाउनुपर्छ,’ डा. पुनले भने ।

    सोमबार, जेठ ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.