काठमाडौँ। बाजुरामा भिरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।
बाजुरा जिल्लाको हिमाली गाउँपालिका ५ रिठ्ठाकी ४१ वर्षीया अपसरी बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आज बिहान गाउँ नजिकैको रहेको बालभिटा मेलामा घाँस काट्न गएका बेला लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार आज बिहान भिरबाट दुई सय मिटर तल खस्दा बुढथापाको घटनास्थलमै मृत्यु भएको हो । भिरबाट लडेर मृत्यु भएकी बुढथापाको शवपरीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शव राखिएको बताइएको छ।
 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

