• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

पीडित नाबालिकाले बयान फेर्दैमा पल शाहले के सफाइ पाउँलाउन तँ ?


  •   सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
  • काठमाडौं: कलाकार पल शाहबाट श्रृङ्खलाबद्ध बलात्कार भएको भनिएकी नाबालिका एक गायिकाले अदालतमा बयान फेरिन् । आफूमाथि पटक–पटक बलात्कार भएको भनेर प्रहरीमा बयान गरेकी ती गायिकाले अदालतमा बयान दिंदा भने आफूमाथि कुनै ‘घटना’ नभएको बताएकी हुन् । प्रहरीमा दिएको जाहेरी वा बयान खण्डन हुने गरी अदालतमा बयान फेर्नुलाई ‘होस्टाइल’ भएको भनिन्छ ।

    Advertisement

    जिल्ला अदालत स्रोतका अनुसार, आइतबार अदालतमा बयानका क्रममा पीडितले अत्यन्त अस्वाभाविक व्यवहार देखाएकी थिइन् । उनले कलाकार शाहमाथि लागेका सबै आरोप निराधार भएको भन्दै खण्डन गरिन् । अनि आफू र कलाकार शाह मिल्ने साथी भएको बताइन् ।

    सामाजिक सञ्जालमा आफूमाथि ज्यादा प्रश्न उठेकाले आवेशमा आएर उजुरी दिएको उनको भनाइ थियो’ अदालत स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसबाहेक कहिं पनि उनले आफूमाथिको घटना स्विकारिनन् । सबै झुटो हो भन्दै बयान दिइन् । अनि मुद्दाको मिसिलमा पेश भएका सबै प्रमाणहरु समेत अस्विकार गरिन् । बयानका क्रममा उनी कतिबेला रोएकी थिइन् भने केहीबेरमै फेरि हाँस्थिन् । अनि एकाएक ठट्यौली शैलीमा र केहीबेरमा फेरि गम्भिर रुपमा प्रस्तुत भएको एक कर्मचारीले बताए । उनका अनुसार बालिकाका बयानका क्रममा इजलासमा उपस्थित गराइएका कलाकार शाह पनि रोएका थिए ।

    पीडितको भिडियो बयान

    पीडित बालिकाले अदालतमा बयानका क्रममा आफूमाथि बलात्कार नभएको दावी गरे पनि बलात्कारको आरोप पुष्टि हुने प्रमाणहरु मुद्दामा समावेश गरिएको छ । पीडितका बाबुले नै छोरीले आफूमाथि बलात्कार भएको भनी आफूलाई बताएको भनी जाहेरीमा खुलाएका छन् । तनहुँको घटना नियालिरहेका महान्यायाधीवक्ता कार्यालयका एक सरकारी वकिलका अनुसार, बलात्कार आरोपका प्रमाणहरुमध्ये एउटा प्रमाण मात्रै असफल भएको हो, अरु यथावत छन् ।

    यो पनि पढ्नुहोस
    पल शाहविरुद्धको बलात्कार मुद्दामा के छ प्रमाण ?

    पीडित भनिएको व्यक्तिको इन्कारी बकपत्रलाई आरोपितकै बयानले खण्डित गरेको र अरु प्रमाण समेत खण्डित हुने अवस्था भएमा होस्टाइल भएको बकपत्रलाई प्रमाणको रुपमा स्विकार्न नहुने सर्वोच्चको व्याख्या छ ।
    ‘पीडितमाथि बलात्कार भएको भनेर हामीले उनको भनाइसहित कयौं अरु प्रमाणहरु पेश गरेका थियौं’ ती सरकारी वकिलले भने, ‘ती प्रमाणमध्ये पीडितले नै आफूमाथि बलात्कार भएको होइन भनेर बयान फेरेकी हुन् । अरु प्रमाण यथावत छन् ।’ उनका अनुसार, पीडितले बयान फेर्नसक्ने (होस्टाइल हुनसक्ने) आशंकाका साथ सरकारी वकिलको रोहवरमा पीडितको बयान लिएको प्रहरीले भिडियो रेकर्ड गरेको थियो र त्यो अदालतमा समेत पेश गरेको छ । तनहुँ प्रहरीमा पीडितले भिडियो बयानका क्रममा नै पल शाहले शुरुमा आफूलाई माया गर्ने, केयर गरेको विश्वासमा पारी जबर्जस्ती गरेको भनी बयान दिएकी थिइन् ।

    पीडितका बाबुले जाहेरीपत्रमा नै छोरीले आफूमाथि बलात्कार भएको भनी आफूलाई बताएको विवरण उल्लेख गरेका छन् । उनले प्रहरीमा संरक्षकको रोहबरमा बयान गरेको उल्लेख छ । अहिले अदालतमा भने पीडितले शारीरिक परीक्षण प्रतिवेदन समेत अस्विकार गरेको स्रोतले बतायो । कलाकार पल शाहले प्रहरीसँगको बयानमा आफूहरुबिच सम्बन्ध भएको र त्यसपछि रजस्वला रोकिएकाले पीडितले आफूलाई बिहे गर्न स्विकार्नुपर्छ भनी दबाव दिएको समेत बताएका थिए ।

    कलाकारहरु बसेको घरको सम्बन्धित व्यक्तिहरुसँग समेत प्रहरीले बयान लिएको थियो जसले बलात्कारको आरोप पुष्टि गर्न ‘परिस्थितिजन्य प्रमाण’ जुटाउन सघाएको थियो । आरोपको प्रत्यक्ष पुष्टि नहुने तर त्यसलाई सहयोग हुने अरु प्रमाणलाई परिस्थितिजन्य प्रमाण भनिन्छ ।

    चन्द्रप्रकाश तिवारीको चर्चित नजीर

    झापा दमकका चन्द्रप्रकाश तिवारीविरुद्धको जबर्जस्ती करणी सम्बन्धी एक मुद्दामा पीडितले पछि अदालतमा बयान फेरे पनि अदालतले तिवारीलाई दोषी ठहर गरेको नजीर छ । घटना हुँदा १३ वर्षकी नाबालिका पीडितले अदालतमा बयान फेरेकी थिइन् । तर सर्वोच्च अदालतले पीडितले अदालतमा बयान फेरेको भएपनि अरु प्रमाणले बलात्कार पुष्टि हुने भन्दै आरोपितलाई दोषी ठहर गरेको थियो । नेपाल कानून पत्रिकामा २०६९ सालमा प्रकाशित नजीरमा भनिएको छ,अदालतको इन्कारी बयानको विरुद्धमा प्रमाण यथेष्ट मौजुद रहेको अवस्थामा अदालतको इन्कारी बयान मात्र निर्दोषिता सावित हुने एकमात्र आधार हुन नसक्ने ।

    सर्वोच्च अदालतले त्यो घटनामा बयान फेरेकै आधारमा आरोपितले उन्मुक्ती पाउन नहुने व्याख्या गरेको थियो । न्यायाधीशहरु सुशीला कार्की र तर्कराज भट्टको इजलासले पीडितको शारीरिक परीक्षणलाई महत्वपूर्ण प्रमाण मान्नुपर्ने व्याख्या गरेको थियो ।

    त्यतिबेला नै सर्वोच्च अदालतले पीडितमाथि आर्थिक प्रलोभन हुनसक्ने औंल्याएको थियो । अपराधीले सदैव पीडितको घरायसी आर्थिक अवस्थाको फाइदा उठाई प्रभावमा पार्न सक्ने र पीडितको सामाजिक अवस्था कमजोर भएको फाइदा लिन सक्ने भन्दै सर्वोच्च अदालतले न्यायालयबाट त्यो पाटो हेरिनुपर्ने भनी विवेचना गरेको थियो । फैसलामा भनिएको थियो, ‘फेरिएको बकपत्रलाई मात्र आधार लिएर अभियोग दावीबाट सफाई दिँदै जाने हो भने समाजमा अपराधले प्रश्रय पाउने र दण्डहीनताको स्थिति सिर्जना हुन जाने ।’

    पीडित भनिएको व्यक्तिको इन्कारी बकपत्रलाई आरोपितकै बयानले खण्डित गरेको र अरु प्रमाण समेत खण्डित हुने अवस्था भएमा होस्टाइल भएको बकपत्रलाई प्रमाणको रुपमा स्विकार्न नहुने सर्वोच्चको व्याख्या छ । फैसलामा भनिएको छ। अदालतको बयान पीडितको शारीरिक परीक्षण प्रतिवेदन तथा मिसिल संलग्न अरु प्रमाणले खण्डन गरिसकेको अवस्था हुँदा घटनाप्रति अनभिज्ञता प्रकट गरी भएको बकपत्रलाई विश्वसनीय प्रमाणको रुपमा ग्रहण गर्नु न्यायोचित नहुने ।

    • पल शाह
    सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.