• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, कार्तिक १३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

१२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ४. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ५. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • ६. सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

  • ७. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ८. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

एक लाख म्यादी प्रहरी माग्दा ३ लाखले दिए आवेदन


  •   आइतबार, चैत १३, २०७८ मा प्रकाशित
  • काठमाडौं: आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले आवेदन दिएका छन् । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत दर्खास्त मागिएकाभन्दा दोब्बर बढीले आवेदन दिएका हुन् ।

    Advertisement

    प्रहरी प्रधान कार्यालय, नक्सालले एक लाख म्यादी प्रहरीका लागि ६ देखि ११ चैतसम्म दर्खास्त दिन आह्वान गरेको थियो । यो अवधिमा झण्डै तीन लाख जनाले आवेदन दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले अनलाइनखबरलाई बताए । उनका अनुसार सबैभन्दा बढी आवेदन मधेश प्रदेशमा परेको छ । ‘सबैभन्दा बढी मधेश प्रदेशमा ६८ हजार ६ जनाको आवेदन परेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) केसीले भने, ‘मधेशपछि लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ५६ हजार ५६० जनाको आवेदन परेको छ । प्रवक्ता केसीका अनुसार प्रदेश नं. १ मा ५० हजार ९४४, बागमतीमा २७ हजार ८३४, उपत्यकामा १३ हजार ९५०, गण्डकीमा २५ हजार ५०, कर्णालीमा २१ हजार २४५ र सुदूरपश्चिममा २९ हजार ७१४ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका छन् । आवेदन दिएकाहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको केसीले बताए ।

    मंगलबारदेखि स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा हुनेछ’ उनले भने, ‘क्रमशः विभिन्न चरणमा पास हुँदै जाने अन्तरवार्तासम्म पुग्नेछन् र २५ गते अन्तिम नतिजा निकालिनेछ ।
    म्यादी प्रहरी छनौटका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ । समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् । म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने भनिएको छ । २०७८ साउन १ गतेदेखि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्राथमिकता पाउने म्यादी प्रहरी भर्ना मापदण्डमा उल्लेख छ ।

    नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र विगतका निर्वाचनमा म्यादी प्रहरीका रुपमा काम गरेकाले पनि प्राथमिकता पाउने भनिएको छ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाउने मापदण्डमा उल्लेख छ । मापदण्डमा उल्लेख भएअनुसार म्यादी प्रहरीले प्रहरी जवानको सरह सुविधा पाउनेछन् । प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार ४० दिनमा उनीहरुको तलब ठाउँ अनुसार ३० हजारदेखि ७५ हजार रुपैयाँसम्म हुनसक्छ । म्यादी प्रहरीको तालिम एक सातासम्म चल्नेछ । तालिममा स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीले निर्वाह गर्नुपर्ने भूमिकालाई ध्यान दिएर आवश्यक पर्ने अनुभव, ज्ञान सीप र आचरण सम्बन्धी विषयमा ज्ञान दिइने एसएसपी केसीले बताए ।

    • म्यादी प्रहरी
    • म्यादी प्रहरी भर्ना
    आइतबार, चैत १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन
    सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !
    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !
    जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !
    तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ५.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • ६.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    भर्खरै

    • १.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    • २.
      सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

    • ३.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ४.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • ५.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ६.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ७.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ८.
      जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.