काठमाडौं: बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई मुद्धा पुर्पक्षका लागि के गर्ने भन्नेबारे तनहुँ जिल्ला अदालतले केहीबेरमा आदेश सुनाउँदै छ।
थुनछेकको बहस सुनिसकेपछि तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाले आदेश लेखिरहेका छन्। अदालतबाहिर भने पल समर्थकहरुले धर्ना दिइरहेका छन्। आदेश कुरेर बसिरहेका मानिसको ठुलो संख्या अदालतबाहिर देख्न सकिन्छ।
शाह र अर्का प्रतिवादी कृष्ण जोशीलाई धरौटी र साधारण तारेखमा छाड्ने वा थुनामा पठाउनेमध्ये एउटा आदेश हुने छ। प्रतिवादीद्धय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका थिए।
एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।
तीनै पिडितले शाहविरुद्ध पूर्वी नवलपरासीमा पनि बलात्कारको जाहेरी दिएपछि त्यहाँको जिल्ला अदालतमा अभियोग पत्र दर्ता भइसकेको छ।
 
                                                             
         
         
         
         
         
         
         
    
                           
                                                       
    
    
    
    
   

