• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

  • १०. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

शिक्षकबाटै असुरक्षित बालबालिका


  •   मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं: चितवनको माडी नगरपालिका-१ स्थित सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछाने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे ।

    Advertisement

    कक्षा ९ की छात्राले झोला नल्याएको विषयलाई लिएर उनले यौन दुर्व्यवहार गरेका थिए । २९ फागुनमा शिक्षक लामिछानेले दुर्व्यवहार गरेपछि पीडितसहितका छात्रछात्राले विद्यालयका दुई जना महिला शिक्षकलाई पनि जानकारी गराए । तर ती महिला शिक्षकले छात्रालाई सहयोग गर्नुको सट्टा विद्यालयको कुरा बाहिर हल्ला नगर्न सुझाव दिएर चुप बस्न भने ।

    यसअघि पनि यस्तै दुर्व्यवहार खेपिरहेका विद्यार्थीहरुले विद्यालयमा राखिएको उजुरी पेटिकामा निवेदन हाले । तर त्यो उजुरी पेटिका अझै नखोलिएको बताउँछन् ।

    २९ गतेको घटनापछि कक्षा ९ देखि १२ मा पढ्ने विद्यार्थीहरुले शिक्षक लामिछानेले यौनजन्य र अमर्यादित व्यवहार गर्ने गरेको विद्यालय प्रशासनसँग विभिन्न माध्यमबाट गर्न खोजेको संवादमा विद्यालयको ध्यानाकर्षण नभएपछि २९ फागुनमा सामूहिक प्रतिकार गरेको बताउँछन् ।

    प्रतिकारमा विद्यार्थीहरुले शिक्षक लामिछानेलाई मोसो दल्ने प्रयास गरेका थिए । त्यसपछि विद्यालयले सर्वदलीय बैठक बसी शिक्षकलाई विद्यालयबाट निष्कासन गरेको थियो । विद्यार्थीहरुले ४ चैतमा माडीस्थित इलाका प्रहरी कार्यलयमा शिक्षक लामिछानेविरुद्ध उजुरी दिए । उजुरी परेपछि पीडित विद्यार्थी र प्रहरीसमेतलाई उजुरी फिर्ता लिन र विषयलाई जिल्ला प्रहरी कार्यलयसम्म ल्याएर जाहेरी दर्ता गर्न नदिन राजनीतिक दलका नेताहरु नै लागे । तर जाहेरी दर्ता भएपछि शिक्षक लामिछाने पक्राउ परेका छन् ।

    मोरङको लेटाङ नगरपालिका ५ मा रहेको शिक्षा विकास माध्यामिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा पढ्ने छात्रालाई गत शुक्रबार दुर्व्यवहार गरेको आरोप छ । शिक्षक पौडेलले बालिकाको घरमै गएर करणीको प्रयास गरेको विद्यार्थीलाई प्रधानाध्यापकलाई उजुरी गरेका थिए ।

    विद्यार्थीको उजुरीपछि शिक्षक पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच झडप भएको थियो । घटना भएपछि शिक्षक विद्यालयमा नै रहेको सूचना पाएका स्थानीयले विद्यालय घेराउ गरेका थिए ।

    स्थानीयले शिक्षकलाई प्रहरी कहाँ लगेर जोगाउन खोजेको भन्दै आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अनियन्त्रित भएको थियो । सोही क्रममा भीडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भयो ।

    शिक्षकको भूमिका कस्तो हुनुपर्छ ?

    शिक्षा नियमावली, २०५९ को परिच्छेद २२ ले शिक्षकले पालन गर्नुपर्ने आचार संहिताहरु उल्लेख गरेको छ । जसमा शिक्षकको भूमिका विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन अध्यापनलाई आफ्नो मुख्य लक्ष्य सम्झनुपर्ने, आज्ञाकारिता, अनुशासन, सद्भावना, सहयोग, सदाचार, सहानुभूति, धैर्य र सच्चरित्रतालाई प्रोत्साहन दिनुपर्ने भनिएको छ । तर ज्ञान दिने शिक्षकबाटै यौन दुर्व्यवहारका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

    शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर विद्यालयभित्रै शिक्षकबाट यस्तो अपराधिक घटना हुनु गम्भीर समस्या भएको बताउँछिन् । पछिल्ला दिनमा विद्यार्थीको साहसको कारण यस्ता घटना सार्वजनिक भइरहेकाले यसलाई सकारात्मक रुपमा लिन सकिने उनको धारणा छ ।

    ‘शिक्षकबाटै यो तहको आपराधिक गतिविधि हुनु अत्यन्तै निन्दाजनक कार्य हो । तर मलाई लाग्छ अहिले विद्यार्थीहरुको साहसको कारण सार्वजनिक भइरहेका छन् । पहिले अनेक कारणले हुँदैन थिए । सार्वजनिक भएका घटनाले यस्ता मानसिकता भएकाहरुलाई निरुत्साहित नै गर्छ’ उनले भनिन् ।

    यस्ता घटनाले असल शिक्षकलाई झन् संवेदनशील र जिम्मेवार बनाउने उनको जिकिर छ । भन्छिन् ‘अब शिक्षक आफैं सचेत हुनु त छँदै छ विद्यार्थीहरुलाई पनि यस्ता कुनै पनि खालका दुर्व्यवहार हुन्छ भने प्रतिकार गर्न पछि नहट्न र यस्ता व्यक्तिलाई सार्वजनिक गर्न हौसला थप्नुपर्छ ।’

    खराब नियत भएको व्यक्तिले शिक्षक पेशालाई बदनाम गराउने मात्रै नभएर शिक्षक र विद्यार्थीको सम्बन्धको दुरी समेत बढाउने उनको भनाइ छ ।

    किन आरोपितलाई बचाउन खोजिन्छ ?

    चितवन माडीका शिक्षक सुरज लामिछानेको बचाउ गर्दै नेपाल शिक्षक संघ माडी नगर समितिले भने विज्ञप्ति जारी गरेको छ । संघका अध्यक्ष विश्वनाथ घिमिरेले शिक्षकमाथि अशोभनीय र अपाच्य व्यवहार गरिएको भन्दै भ्रत्सना गरेका छन् ।

    विज्ञप्तिमा उनले भनेका छन्, ‘पेशाकर्मी माथि जंगली हर्कत पश्चात प्रशासनिक कारबाहीमा जाने गतिविधिले पेशागत सुरक्षा र व्यक्तिका शान्तिपूर्वक बाँच्न पाउने कह हनन भएको महसुस भएको छ । निज शिक्षकको पेशागत सुरक्षाको माग गर्दै शिक्षालय जस्तो संवेदनशील ठाउँमा उत्तेजना, आवेग र हठात निर्णय नगर्न अपिल गर्दछौं ।’

    तर यौन दुर्व्यवहार जस्तो गम्भीर विषयमा आरोप लागेका शिक्षकको हठातमा अन्य कुनै पनि संघसंगठनले बचाउ गर्न नहुने शिक्षक महासंघका अध्यक्ष तुलाधर बताउँछिन् । उनी भन्छिन्, ‘कानुनी प्रक्रियामा गइसकेको अवस्थामा बचाउ गर्दै विज्ञप्ति निकाल्नु ठीक होइन । यो अन्त्यन्तै गम्भीर र संवेदनशील विषय हो । निष्पक्ष छानबीनको लागि भने आवाज उठाउन सकिन्छ ।’

    यस्ता गम्भीर घटनामा आरोपितलाई बचाउ गर्दै संघ संगठन, समाज नै लाग्नु भनेको पितृसत्तात्मक सोचको उपज भएको अध्यक्ष तुलाधरको भनाइ छ ।

    माडीको सोमेश्वर माविको घटनामा पीडितलाई कानुनी सहायता दिइरहेकी लेखक तथा अधिवक्ता सरिता तिवारी हाम्रो समाज र संस्थाहरु पितृसत्तात्मक चरित्रको भएका कारण महिलालाई नै दोषी देख्ने बताउँछिन् ।

    ‘हाम्रो पितृसत्ताको वैचारिकीको आधार पुरुषहरुलाई जे पनि गर्न छुट छ भन्ने हो र यसले अधिकतम पुरुषको हितरक्षाको कुरा गर्छ । पुरुषको अनुकूलताको, सहुलियतको कुरा गर्छ । त्यो अनुरुप भएन, महिलाले प्रतिवाद गरे भने महिलालाई नै लाञ्छित गर्न अघि बढ्छन् । राजनीतिक दल र शिक्षक संघले त्यही चरित्र देखाएको हो’ उनले भनिन् ।

    संविधान र कानुनले महिलालाई बराबरीको हैसियत प्रदान गर्नुपर्छ भने पनि समाज त्यसप्रति प्रतिवद्ध छैन भन्ने देखाएको उनको बुझाइ छ । भन्छिन्, ‘हाम्रो सोच्ने, चिन्तन गर्ने अभ्यासचाहिं पुरानै छ भन्ने यो घटनाले पनि देखाएको छ । समाज चेतनाको रोगी भएको छ ।

    बेला बेला सार्वजनिक भइरहने यस्ता यौन दुर्व्यवहार जस्तो अपराधजन्य गतिविधिमा संलग्न जोकोही व्यक्तिलाई दण्डित गर्नुपर्ने शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर बताउँछन् । शिक्षक भनेको विद्यार्थीको अभिभावक हो, बाबुआमा हो, संरक्षक पनि हो । यी सबै भावनाबाट अभिप्रेरित हुनुपर्ने शिक्षकमा खराब प्रवृत्ति हुनु निन्दनीय कार्य भएकाले अपराध पुष्टि भएको अवस्थामा कडा कारबाही हुनुपर्ने उनी बताउँछन् ।

    उनी भन्छन् ‘शिक्षकबाट शिक्षकले, विद्यार्थीले दुर्व्यवहार भोग्नुपरेको सार्वजनिक भइरहेको छ । यसले शिक्षकलाई पनि तालिम, परामर्शको जरुरी देखिन थालेको छ ।’

    • शिक्षक
    • शिक्षकबाटै असुरक्षित
    • शिक्षकबाटै असुरक्षित बालबालिका
    मङ्गलबार, चैत ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.