• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, पुष ०१, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

पासाङ शेर्पाको उम्मेदवारी खारेज

निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

देउवा र शेखरबीच भेटवार्ता, क्रमसंख्या उल्लेख नभएको फारमबारे छलफल

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

  • ४. जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

  • ५. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ६. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ७. कुलमानले प्राधिकरणबाट बर्खास्त गरेका हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार,कुलमानले राजनीतिक प्रतिसोध देखाएको अदालतको खुलासा

  • ८. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ९. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • १०. बर्दिया हत्या प्रकरण चर्कियो : डिल्ली चौधरीका भाइ हतियारसँगै पक्राउ

आर्थिक भार थप्दै रेल ‘ड्राइ रन’ मै महिनामा ३० लाख खर्च


  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
  • काठमाडौँ: जनकपुरधाम–जयनगर रेलवे सेवाका लागि संघीय सरकारले भारतको एक कम्पनीबाट रेल खरिद गरेर ल्याएको डेढ वर्षभन्दा बढी समय भइसके पनि रेल सञ्चालन हुन सकेको छैन । रेल सञ्चालनमा ढिला हुँदा आर्थिक भार भने थपिँदै गएको छ ।

    Advertisement

    धनुषाको जनकनन्दनी गाउँपालिकाको ईनर्वा स्टेसनमा त्रिपालमुनि थन्क्याएर राखिएको रेल करिब एक महिनादेखि ‘ड्राइ रन’ (यात्रीबिना सञ्चालन) का क्रममा छ । ‘ड्राइ रन’ थालेको एक महिना नबित्दै ३० लाख रुपैयाँ खर्च भइसकेको छ ।

    जयनगर देखि जनकपुरधामको कुर्था सम्म एक महिना देखि ‘ड्राइ रन’ का क्रममा रेलवेलाई आर्थिक भार थपिँदै गएको छ । नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाका अनुसार अहिलेसम्म ड्राइ रनका लागि करिब ३० लाख रुपैयाँ खर्च भइसकेको छ ।

    ड्राइ रनका क्रममा प्रतिदिन करिब १ सय २५ लिटर इन्धन लाग्छ । महिनामा कम्तीमा ३ हजार लिटर इन्धन खर्च हुन्छ । यस अतिरिक्त कार्यालय व्यवस्थापन र कर्मचारीमा पनि खर्च हुँदै आएको छ ।

    अहिले रेल्वे सँग ५८ जना नेपाली र १६ जना भारतीय कर्मचारी छन् । कर्मचारीमा प्रति महिनामा २० लाख रुपैयाँ भन्दा बढी खर्च भइरहेको महाप्रबन्धक झाले बताए । उनले भने, ‘रेल्वे सञ्चालन हुन समस्या देखिएको छ भने आर्थिक भार थपिँदै गएको छ । आर्थिक भार थेग्न समस्या भएपछि रेल्वेको ड्राइ रन अहिले एक दिन बिराएर गर्न थालिएको छ ।’

    रेल्वे सञ्चालनमा कानुनी जटिलता कायमै छ । ड्राई रनको सफलता पश्चात यसै महिनाको दोस्रो सातामा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट रेल सेवा उद्घाटन गर्ने तयारी छ । तर अध्यादेश बाट जारी गरिएको कानुन संसदबाट पारित नहुँदै निष्क्रिय भएपछि रेल सञ्चालन अन्योलमा परेको हो ।

    रेल सञ्चालनका लागि औपचारिकरुपमा उद्घाटन गरिएको अवस्थामा पनि तत्काल यो सञ्चालन हुने अवस्था छैन । सरकारले संसद अधिवेशन स्थगित गरेको छ भने रेल सञ्चालनका लागि कानुन बनिसकेको छैन । यस्तो अवस्थामा सरकारले फेरि अध्यादेश ल्याएर रेल सञ्चालन गर्ने एकमात्र विकल्प छ ।

    भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरेर ल्याइएको हो । भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा छ ।

    महाप्रवन्धक झाले आफूहरुको तर्फबाट रेल्वे सञ्चालनमा कुनै समस्या नरहेको बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेलसम्बन्धी कानुनी व्यवस्था गरी रेल सञ्चालन गर्न भन्दै अध्यादेश पेस गरेकी थिइन् । तर कुनै पनि अध्यादेश ६० दिनभित्र संसदले पारित नगरेको अवस्थामा स्वतः निस्क्रिय हुन्छ । सोही अनुसार यसअघि सरकारले ल्याएको अध्यादेश निष्क्रिय भइसकेको छ ।

    • ‘ड्राइ फोटो
    • रेल
    बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    • ४.
      जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

    • ५.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ६.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    भर्खरै

    • १.
      नम्बर नभएका फारम तत्काल फिर्ता गरी नयाँ पठाउन देउवासँग शेखरको माग

    • २.
      महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ: गोकर्ण विष्ट

    • ३.
      पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    • ७.
      भृकुटीमण्डपमा व्यंग्यको विस्फोट: ‘ओलीले ईश्वर मागे, ईश्वरले ओली!’

    • ८.
      सुरक्षा ब्रिफिङमा चेतावनी: चुनावका बेला दल–जेनजीबीच झडप हुने मुख्य खतरा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.