• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

राजश्व छली कोकाकोलाविरूद्ध साढे ७ अर्बको मुद्दा


  •   शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
  • काठमाडौँ: राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गरेको आरोपमा कोकाकोला र त्यसका सञ्चालकविरूद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

    Advertisement

    तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ बिगो र बिगो बराबर जरिवाना गरी जम्मा सात अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रूपैयाँ माग्दै विभागले मुद्दा दायर गरेको हो। विभागले सञ्चालकहरूसमेत गरी १७ जनालाई प्रतिवादी बनाएको छ।

    बोटलर्स नेपाल लिमिटेडसमेत रहेको उक्त मुद्दामा कोकाकोलाका अध्यक्ष सुक्ला वासन, निर्देशकहरू मोहम्मद अमिन घोनेइम, मेल्भिम तान चुन पिङ, गौरब खोस्ला, सुन्दीप बावझरिया, देबब्राटा मुखर्जी, सुमानता दत्त, जावहर सोलाई कुप्पुस्वामीलाई प्रतिवादी बनाइएको छ।

    यसैगरी, कम्पनीका प्रबन्ध निर्देशक, आर्थिक कारोबार तथा लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका ८ जनालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।

    उनीहरूमा प्रबन्ध निर्देशक प्रदीप पाण्डे, पुनित चन्द्रपाल भर्साने, फाइनान्स म्यानेजर राजीभ टण्डन, भरतबाबु दाहाल, सुमित गोयल, फाइनास्स कन्ट्रोलर अशोककुमार मण्डल, बोर्ड डाइरेक्टर त्रिलोचन उप्रेती र चार्टर्ड एकाउन्टेन्ट सञ्जीवकुमार मिश्र छन्।

    उनीहरू सबैलाई बिगो ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ बिगो, बिगो बराबर जरिवाना र कैदसमेत माग गरिएको छ। यस्तै प्रतिवादीहरू पाण्डे, भर्साने, टण्डन, दाहाल, गोयल, मण्डल, उप्रती र मिश्रसँग सो रकमको ब्याजसमेत असुल गर्ने प्रयोजनका लागि मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए।

    पौडेलका अनुसार बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोलाको एसिया (कोकाकोला साबको) को शतप्रतिशत सेयर हस्तान्तरण हुँदा कर छली भएको अभियोग छ।

    २०७१ कात्तिक ७ गते साबकोले आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा बोटलर्स नेपालमा रहेको निहित सेयर स्वामित्व परिवर्तन भएको थियो।

    कोकाकोला साबको र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदा पुँजीगत लाभकर छलेको पाइएको पौडेलले बताए। जसमा सेयर बिक्रीबापतको पुँजीगत लाभ, आयकर, शुल्क, ब्याजसमेतका आधारमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ छली भएको देखिएको पौडेलले बताए।

    साबको र युरोपियन रिफ्रेसमेन्टबीच कारोबार हुँदा बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ती हजार ८८३ थियो। बोटलर्स नेपालमा रहेको १४ लाख ८४ हजार ३०१ कित्ता सेयर बिक्रीमा कर छलेको आरोप लागेपछि विभागले अनुसन्धान थालेको थियो।

    • राजस्व अनुसन्धान बिभाग
    शनिबार, फागुन २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !
    सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
    कीर्तिपुरमा पार्किङ गरेर राखिएको कारमा अचानक आगलागी,भित्र भेटियो एक जना पुरुषको शव
    ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.