• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

औसतमा प्रत्येक महिना तीन युट्युबरविरुद्ध प्रहरीमा उजुरी


  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
  • काठमाडौँ: साइबर अपराधका घटनामा एकपछि अर्को युट्युबर जोडिन थालेका छन् । भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने मामिलामा युट्युबरहरू सक्रिय भएपछि पछिल्लो समय प्रहरीले उनीहरूमाथिको निगरानी बढाएको छ । प्रहरीको साइबर ब्युरोका अनुसार औसतमा प्रत्येक महिना तीन जना युट्युबरमाथि उजुरी पर्ने गरेको देखिन्छ । यस्ता अधिकांश उजुरीहरूमा मानहानी, चरित्रहत्या, अनर्गल प्रचार र भ्रमपूर्ण सूचनाहरू फैलाएको आरोप लाग्ने गरेको छ ।

    Advertisement

    २०७५ जेठमा नेपाल प्रहरीको साइबर ब्युरो स्थापना भएपछि हालसम्म ८८ युट्युबरहरू माथि साइबर अपराधको उजुरी परेको छ । प्रहरीका अनुसार योबीचमा १९ जना युट्यबरहरू पक्राउ परेका छन् । पक्राउ परेका सबै युट्युबरमाथि विद्युतीय कारोबार ऐन २०६३ अर्न्तगत मुद्दा चलाइएको छ ।

    साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालका अनुसार पक्राउ परेका सबैजसो युट्युबरमाथि चरित्रहत्या, मानहानी, भ्रमपूर्ण सूचनाको वितरणजस्ता आरोपहरू लाग्ने गरेको छ । नाबालिकामाथि बलात्कार र यौन हिंसाको आरोपमा पत्रकार पल शाह पक्राउको पृष्ठभूमिमा पक्राउ परेका युट्युबरहरूमाथि भने गोपनीयताको हक उल्लंघन, चरित्रहत्यादेखि अनुसन्धानलाई प्रभावित पार्न खोज्नेजस्ता आरोपहरू लागेका छन् ।

    पल शाह पक्राउपछि मात्रै साइबर ब्युरोले दुई युट्युबर र युट्युबमार्फत‍ भ्रमपूर्ण कुरा फैलाउने एक जना पक्राउ परिसकेका छन् । ब्युरोले नेपाल मिडिया नामक युट्युबमार्फत भ्रम फैलाउने, अनर्गल वक्तव्यबाजी गरेको आरोपमा नार्गजुन ८ का ५३ वर्षीय हरि उदासी भन्ने हरि परियारलाई पक्राउ गर्‍यो । सोही दिन ब्युरोले विशाल नेपाल नामक युट्युब च्यानल चलाउने लमजुङ राइनस नगरपालिका घर भई हाल तारकेश्वर ४ बस्ने २७ वर्षीय निशान चिलवाललाई पक्राउ गर्‍यो । त्यसअघि प्रहरीले गत सोमबार क्लेब नेपाल नामक युट्युब च्यानलका संचालक रुपन्देहीको बुटवल नगरपालिका १३ रुपन्देही बस्ने २१ वर्षको राहुल थापा पक्राउ परे ।

    असोजयता को को युट्युबरहरू पक्राउ परे

    ३ फागुन
    नेपाली प्र्यांकस्टर्स नामक युट्युब च्यानल संचालक झापा विर्तामोड ४ घर भई हाल भक्तपुरको कौशलटार बस्ने २७ वर्षीय आकाश सेढाई पक्राउ । उनीमाथि सार्वजनिक स्थानमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधरण व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिएको आरोप छ ।

    १२ पुस
    साथीभाइ अनलाइन टिभी नामक युट्युब च्यानलमार्फत अश्लिल शिर्षक राखी समाजमा अश्लिलता फैलाउने भिडियो प्रसार गरेकोमा अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ल पक्राउ ।

    २६ मंसिर
    टेन्सन ब्रो नामक युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाएको आरोपमा बुढानिलकण्ठ-४ बस्ने २१ वर्षीय भरतबहादुर तिरुवा पक्राउ ।

    १३ असोज
    युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अर्न्तवार्ता तथा फोटोसहितको विवरण राखेको आरोपमा दैनिक खबर युट्युब संचालन गर्ने गोर्कणेश्वर बस्ने २१ वर्षका प्रदीप भण्डारी, हरेक पलको खबर नामक युट्युबका संचालक काठमाडौं नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सिराइचुली मिडिया नामक युट्युब च्यानलका संचालक ३५ वर्षीय पिंकला कार्की र मोडर्न अनलाइन टिभीका संचालक गोर्कणेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ पक्राउ ।

    • paul kanda
    • samikshya kanda
    • साइबर अपराध
    शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.