• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, जेठ २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

  • २. राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

  • ३. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ६. दिल्लीमा रवि लामिछानेको दौडधुप

  • ७. प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

  • ८. आँगनकै सीमास्तम्भको फोटो शेयर गर्दै प्रधानमन्त्रीको बचाउमा उत्रिए रास्वपा सांसद

  • ९. सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान

  • १०. दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, कम्तीमा २१ जनाको मृत्यु

तनहुँमा परेको जाहेरीकै कारणले पल शाहले नवलपरासीमा परेको जाहेरीबाट उन्मुक्ति पाउँदैनन् ! कारण यस्तो


  •   सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
  • जबर्जस्ती करणी (बलात्कार)को आरोपमा प्रहरीमा जाहेरी परेको केही दिनपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह)ले जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरे । जिल्ला अदालतले आइतबार नै उनलाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दियो । सम्भवतः उनी केही दिन प्रहरी हिरासतमा रहनेछन् र त्यसपछि अदालती प्रक्रिया सुरु हुनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७३ मा कुनै फौजदारी कसुरको आरोपमा प्रहरीमा जाहेरी परेमा के गर्ने भन्नेबारे विस्तृत प्रक्रियाहरू खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले केही दिनअघि नै शाहविरुद्ध जाहेरी दर्ता गरिसकेको छ । अब भने प्रहरीले प्रमाण संकलनको प्रक्रिया सुरु गर्छ ।

    Advertisement

    आरोपित पल शाह र उनका समर्थकले पीडित किशोरीको सहमतिमा उनीहरूसँगै बस्ने गरेको भनी दाबी गरेका छन् । तर मुलुकी अपराध संहिता ऐनको दफा २१९ मा १८ वर्षमुनिको नाबालकको हकमा मञ्जुरी लिएरसमेत करणी गर्न नपाइने उल्लेख छ । उक्त दफमा भनिएको छ, ‘मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।’ यो आरोप पुष्टि भएमा पीडितको उमेरले गणना गर्दा शाहमाथि १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।

    प्रहरीले सुरुमा पीडित किशोरी र उनका संरक्षक(बाबु)को बयान लिन्छ । फौजदारी कानुनमा पीडितको जाहेरी र अनुसन्धान अधिकृत समक्ष गर्ने भनाइलाई महत्वपूर्ण प्रमाण मानिन्छ । त्यसपछि पीडितका संरक्षकसँग प्रहरीले सोध्छ । प्रमाणका लागि पीडित किशोरीले स्वास्थ्य परीक्षण समेत गरिसकेकी छन् । त्यसपछि प्रहरीले अभिनेता पल शाहको बयान लिन्छ । बयानका क्रममा शाहले आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने मौका पाउनेछन् । उनले आरोप झुटा रहेको भनी आफ्नो दलिल पेस गर्ने मौकासमेत पाउनेछन् । प्रहरीले अनुसन्धानका क्रममा घटना देख्ने वा त्यससँग सरोकार राख्ने मानिसहरूसँग समेत बुझ्न र बयान लिन सक्नेछ । शाहले एउटा कुराकानीका क्रममा ‘आफूहरूबीच सम्बन्ध भए पनि पीडित किशोरी गर्भवती नभएको’ भनी बोलेको अडियो सार्वजनिक भएको छ । प्रहरीले त्यो अडियो रेकर्डसमेत प्रमाणको रुपमा पेस गर्नसक्छ ।

    अनुसन्धान टुंगिएपछि मुद्दा चल्ने प्रमाण भेटिएमा प्रहरीले शाहविरुद्ध बलात्कारको आरोपमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिन्छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत तनहुँमा पल शाहविरुद्ध मुद्दा दायर गर्नेछ । पीडितका बाबुले जाहेरी दिएको अनि पीडित किशोरीले नै आफूमाथि बलात्कार भएको स्वीकारेकाले शाहविरुद्ध मुद्दा दायर गर्ने करिब-करिब निश्चितजस्तै छ । मुद्दा दायर हुनासाथ जिल्ला अदालतमा शाहको बयान हुनेछ ।

    बयान सकिएपछि शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ । अदालती भाषामा थुनछेक बहस भनिने यो प्रक्रिया सकिएपछि जिल्ला अदालतले शाहलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्ने आदेश दिनेछ । सामान्यतयाः ३ वर्षभन्दा बढी सजाय तोकिएको अनि प्रारम्भिक रुपमा हेर्दा कुनै न कुनै प्रमाण भेटिएमा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने चलन हुन्छ ।

    अभिनेता शाहविरुद्ध पीडित किशोरीले नवलपरासीमा समेत किटानी जाहेरी दिएकी छन् । जुन जिल्लामा अपराध भएको हो, त्यही जाहेरी दिनुपर्ने कानुनी व्यवस्था भएकाले नवलपरासीमा समेत आफूमाथि जबर्जस्ती भएको भन्दै किशोरीले जाहेरी दिएकी हुन् । उनले गत ७ चैत २०७७ मा आफूमाथि गैडाकोट रिसोर्टमा जबर्जस्ती भएको आरोप लगाएकी छन् ।अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा हिरासतमा रहेका पल शाहले अदालतको सामना गरेपछि उनलाई फेरि प्रहरीले नवलपरासीमा ल्याउनेछ । त्यहाँ पनि तनहुँकै झै प्रक्रिया अघि बढ्छ र प्रहरीले प्रमाण देखेमा सरकारी वकिल कार्यालयले शाहविरुद्ध नवलपरासी जिल्ला अदालतमा बलात्कारको दोस्रो मुद्दा चलाउनेछ ।

    बलात्कारको मुद्दामा पीडित किशोरीमात्रै होइन, उनको पहिचान खुल्ने अरु विवरणसमेत गोप्य राख्नुपर्ने भएकाले जिल्ला अदालतमा यो मुद्दा बन्द इजलासमा सुनुवाई गर्नेछ । जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीकै कारणले पल शाहले नवलपरासीमा परेको जाहेरीबाट उन्मुक्ति पाउँदैनन् ।https://www.onlinekhabar.com/2022/02/1086449

    सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
    राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै
    सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन
    रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल
    प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
    भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    Facebook Page

    लोकप्रिय

    • १.
      मदिरा–सुर्ती बिक्रीमा राजस्व छल्दै रारा क्षेत्रका व्यापारी, अनुगमनपछि दर्ता गर्न निर्देशन

    • २.
      राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु

    • ३.
      कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ६.
      दिल्लीमा रवि लामिछानेको दौडधुप

    भर्खरै

    • १.
      असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै

    • २.
      राप्रपा छोडेकै भोलिपल्ट धवलशम्शेर र दुर्गा प्रसाईंबीच सहकार्य घाेषणा हुँदै

    • ३.
      सुधन गुरूङमाथि उठेका प्रश्नका विषयमा समितिले बुझायो निष्कर्ष र सुझाव सहितको प्रतिवेदन

    • ४.
      रास्वपा सरकार बनेपछि पहिलो पटक दिल्ली लागे परराष्ट्रमन्त्री खनाल

    • ५.
      घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

    • ६.
      प्रधानमन्त्रिले बोलेको कुरामा महानायक राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’

    • ७.
      भिडिओ खिच्दै एक हातले मोटरसाइकल चलाइरहेका हर्क साम्पाङ बाटोमा लडे

    • ८.
      ‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.