• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

एमसीसीबारे जसपा अझै अनिर्णीत


  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
  • काठमाडौँ : जनता समाजवादी पार्टी नेपालले एमसीसी बारेमा फागुन ८ पछि मात्र आफ्नो धारणा बनाउने भएको छ । जसपा नेपालबाट एमसीसीको बारेमा नेतापिच्छे फरक फरक धारणा आइरहे पनि पार्टीको आधिकारिक धारणा के हो भन्ने हालसम्म तय भएको छैन । फागुन ८ गते बस्ने पाँच दलीय सत्ता गठबन्धनको बैठकमा एमसीसीको बारेमा एउटा धारणा बन्ने अपेक्षा गरिएको छ । र, त्यसपछि संसद्को बैठक समेत बस्नेछ ।

    Advertisement

    गठबन्धन र संसद्मा एमसीसीको अवस्था हेरेर मात्र जसपा नेपालले ठोस निर्णय लिने जसपाका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहले रातोपाटीलाई बताए । उनले भने, ‘पार्टीका नेताहरूले व्यक्तिगत रुपमा धारणा दिइरहनु भएको छ । त्यो पार्टीको आधिकारिक धारणा होइन । पार्टीको संसदीय दलको बैठक बसेर त्यसको बारेमा आधिकारिक निर्णय लिन्छ ।’

    फागुन ८ गतेको संसद् बैठकमा एमसीसी टेबल भए त्यसको बारेमा धारणा बनाउन पार्टी संसदीय दलको बैठक बस्ने उनले बताए । सदनमा एमसीसी प्रस्तुत भइसकेपछि त्यसको पक्षमा उभिने कि विपक्षमा उभिने त्यसको बारेमा निर्णय गर्न संसदीय दलको बैठक बस्ने उनले बताए ।

    जसपामा एमसीसीको विषय लिएर दुईटा धार देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव एमसीसीको विरुद्धमा छन् । तर उनले आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । पार्टीको आन्तरिक बैठकहरूमा अध्यक्ष यादवले एमसीसीको विरुद्धमा नै आफ्नो धारणा राख्ने गरेका छन् । तर पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा अभिव्यक्ति दिइरहेका छन् ।

    जसपा नेपालका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पार्टीका अध्यक्ष यादवले बैठक नै नबसाएको कारण एमसीसीको बारेमा पार्टीमा आधिकारिक धारणा नबनेको बताए । उनले भने, ‘उपेन्द्रजीले पार्टीको बैठक बसाएर त्यसमा छलफल गराएको भए हुन्थ्यो । त्यस्तो नगरेको कारण अन्योल छ, पार्टीका नेताहरूले आआफ्नो धारणा दिइरहनु भएको छ ।’ आफू पनि एमसीसीको पक्षमा रहेको बताउँदै उनले पार्टीका परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि एमसीसीकै पक्षमा रहेको बताए ।

    अब पार्टीले एमसीसीको विपक्षमा निर्णय गरे पनि त्यसको विरुद्धमा अध्यक्ष भट्टराई जाने बताइएको छ । संसद्मा एमसीसी प्रस्तुत भएपछि त्यसको विपक्षमा मतदान गर्न जसपाका संसदीय दलले ह्वीप जारी गरे पनि अध्यक्ष भट्टराईले त्यसलाई उल्लङ्घन गरेर एक्लै भए पनि एमसीसीको पक्षमा मतदान गर्ने प्रचार विभाग प्रमुख खतिवडाले बताए । ‘अध्यक्ष भट्टराई आफू प्रधानमन्त्री भएको बेला यो एमसीसी आएको हो । त्यसलाई त्यतिकै छाड्न मिल्दैन, त्यसले वहाँले पार्टीबाट एक्लै भए पनि एमसीसीको पक्षमा मतदान गर्नुहुन्न| उनले भने ।

    यता, अध्यक्ष भट्टराई पक्षधर मानिएका जसपाका केन्द्रीय सदस्य रामरिझन यादवले पनि एमसीसीको बारेमा धारणा बनाउन पार्टीको बैठक बस्नुपर्ने बताएका छन् । एमसीसीको सन्दर्भमा प्रायः सबै राष्ट्रिय राजनीतिक दलको बैठक बसेको तर जसपामा त्यसो हुन नसकेकोमा आफूलाई दुःख लागेको उनले बताए । कमसेकम बैठक बसेर एउटा औपचारिक निर्णय हुन सकेको भए राम्रो हुने बताउँदै उनले तत्काल पार्टीको बैठक बसाएर एमसीसीको बारेमा निर्णय लिन अध्यक्ष यादवसँग आग्रह गरे ।

    शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.