• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

आमाछोराले बनाएको ‘घरको अचार’, वार्षिक १२ लाखको कारोबार


  •   बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
  • काठमाडौँ | तपाईंहरू खानामा अचार खानुहुन्छ नि! घरमै बनाउनुहुन्छ होला। सहरको व्यस्त जीवनमा कहिलेकाहीँ किन्नु पनि पर्छ होला।

    Advertisement

    यसरी किनेर खाँदा घरमै बनाएजस्तो स्वाद होस् भन्ने लाग्नु स्वाभाविक हो। तपाईंहरूको यो इच्छा पूरा गरिदिन सक्छ ‘घरको अचार’ ले।

    ‘घरको अचार’ आमा-छोराले सुरू गरेको ब्रान्ड हो। काठमाडौं, थापागाउँका आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले चार वर्षदेखि विभिन्न स्वादमा घरको अचार बजार पठाइरहेका छन्।

    आमा अचार बनाउँछिन्, छोरा आमाले बनाएको अचार बेच्छन्।

    ‘हामी आफ्नै भान्सामा अचार बनाउँछौं। बजारमा पाइने अरूभन्दा फरक स्वाद पनि हुन्छ,’ कमलाले घरको अचारबारे भनिन्, ‘चिकेन, बफ र भेज अचार हाम्रा मुख्य आकर्षण हुन्।’

    उनीहरू मूला, आँप, लप्सी, मेथी र डल्ले खुर्सानीको आचार बनाउँछन्। यीमध्ये मेथी र डल्ले खुर्सानी अचारको माग बढी छ। डल्ले खुर्सानी इलामबाट आउँछ। यी भेज अचार हुन्। भेज अचार प्याकिङ गरेको ६ महिनासम्म खान मिल्ने हुन्छ।

    नन भेजमा बफ र चिकेनको अचार पाइन्छ। चिकेन/बफ फ्राइ गरेर, मरमसला मोलेर, बट्टामा प्याक गरेपछि अचार तयार हुन्छ। बट्टामा राखेको दुई दिनमा अचार खान योग्य बन्छ। यसको खाइसक्नु पर्ने म्याद चाहिँ ४५ दिन मात्र हुन्छ। बजारमा चिकेन र बफ अचारकै माग बढी छ

    चाहिने मरमसला सबै घरमै सिलौटामा पिस्ने उनी बताउँछिन्। मसलामा अदुवा, लसुन, टिमुर हुन्छ। कहिलेकाहीँ माग बढेर एकैपटक धेरै अचार बनाउनु परे मिलमा लगेर पिस्छन्।

    उनीहरू घरकै भान्सामा अचार पकाउँछन् र अर्को कोठामा लगेर प्याकिङ गर्छन्। कुपण्डोलमा एउटा स्टोर राखेका छन्, बिक्री र डेलिभरी त्यहीँबाट हुन्छ। मासुको अचार भने कुपण्डोलमै प्याकिङ हुन्छ।

    ‘सरसफाइ र अन्य गुणस्तर घरमा आफ्नै लागि बनाएको जस्तो हुन्छ,’ कमलाले दावी गरिन्, ‘सबै सामान केलाउने, पखाल्ने, काट्ने, पिस्ने काममा म आफैं लाग्छु।’

    अरू काममा सघाउन भने दुई जना सहयोगी छन्। घरको अचारमा हाल सामान्यतया दैनिक २० किलोसम्म अचार उत्पादन हुन्छ। कहिलकाहीँ मागअनुसार उत्पादन घटबढ हुन्छ।

    कमलाका अनुसार कोरोना महामारीका कारण लगातार लकडाउन हुँदा घरको अचारको माग ह्वात्तै बढ्यो। अस्पतालहरूले मगाउन थाले। काठमाडौंबाहिरबाट पनि माग आयो।

    ‘त्यो बेला हाम्रो अचारको माग अस्पतालमा धेरै थियो। थुप्रै डाक्टरहरूले रुचाउनुभयो,’ कमलाका छोरा रोहनले भने, ‘लकडाउनमा त हामीलाई माग पूरा गर्नै भ्याइनभ्याई भयो। त्यही बेला ग्राहक पनि धेरै थपिए।’

    उनीहरू ग्राहक अर्डरअनुसार अचारको स्वादमा हेरफेर गरेर पनि बनाइदिन्छन्। कसैलाई बढी पिरो वा कम चाहिए भन्न पाइयो। नुन/पिरो लगायत स्वादमा केही फरक चाहिए ग्राहकले सोझै सम्पर्क गरेर अर्डर गर्न सक्छन्।

    रोहनका अनुसार अहिले अचारको ६० प्रतिशत माग र खपत काठमाडौं उपत्यकामा छ। उपत्यकाबाहिर नेपालगञ्ज, पोखरा, धनगढी लगायतका सहरमा पुग्छ। विदेश बस्ने नेपालीबाट पनि थुप्रै माग आउँछ, विशेषगरी युएई, मलेसिया, अमेरिका र जापानबाट।

    ‘माग भएको ठाउँसम्म हामीले पुर्‍याइरहेका छौं,’ घरको अचारको बजार सम्हाल्ने रोहनले भने, ‘हालसम्म ५० हजारभन्दा बढी ग्राहक बनाइसक्यौं। एकपटक खाएपछि थप अर्डर आउँछ।’

    प्रत्यक्षबाहेक ठूला व्यापारिक स्टोरहरूबाट पनि घरको अचारको माग आउँछ।

    यी आमाछोराले घरको अचार ब्रान्डमा मौसमअनुसार परिकार बनाउँछन्, थप्छन्। अब चाँडै माछाको अचार बनाउने सोच छ। बजारमा मटन (खसीको मासु) अचारको पनि माग आइरहेको छ। तर खसी मासु महँगो र बोसो बढी हुने भएकाले अहिले यसबारे योजना नबनाएको कमला बताउँछिन्।

    चाँडै घरको अचारको आफ्नै पसल खोल्ने सोचमा छन् पनि उनीहरू।

    रोहनले भने, ‘एक वर्षभित्र एउटा आउटलेट खोल्छौं। अचार मात्र किन्छु भन्नेका लागि छुट्टै पसल छैन। हामी त्यसमा काम गर्ने सोचमा छौं।’

    अचारको व्यवसायमा रोहनका बुबाको पनि रूचि छ। सोनी कम्पनीको शोरूम चलाउने उनका बुबाले अचार प्याकिङमा सघाउँछन्।

    घरको अचारलाई ब्रान्ड बनाइरहेका रोहन व्यवस्थापन विषयमा स्नातकोत्तर पढ्दैछन्। पछि अरू व्यवसायमा आबद्ध भए पनि अचारको स्वाद बाँड्न नछुटाउने उनी बताउँछन्, ‘यो मेरो पहिलो व्यवसाय हो, आमासँग सुरू गरेको। त्यसैले यसलाई छोड्दिनँ।’

    कसरी सुरू भयो त घरको अचार?

    करिब चार वर्षअघि कमला छोरीलाई लिएर विद्यालय जाँदै थिइन्। उनीहरूले बाटोमा अचार बेच्न राखेको देखे। छोरीलाई त्यो अचार नभई भएन। कमलाले किनिन्, असाध्यै मिठो लाग्यो।

    त्यही अचार कमलाका लागि व्यवसायको मार्गदर्शक बन्यो। उनले छोरा रोहनसँग सल्लाह गरिन्। रोहन पनि सहमत भए।

    सुरूमा परीक्षणका लागि अचारका केही परिकार बनाए। हप्तामा एक दिन केही परिकार बनाएर कमलाले दिदीबहिनी र केही आफन्तलाई चखाइन्। केही पटक साताको एक दिन शुक्रबार घरमा अचारका परिकार खाने भेटघाट आयोजना गरिन्।

    यसरी खानेहरूले मन पराएपछि आमाछोराले अचार बनाएर बेच्ने योजना बनाए। कमलाले अचार बनाउने एउटा तालिम लिएकी थिइन्, एक साताको। विभिन्न स्वादका अचार बनाउने र बिग्रिनबाट जोगाउने तरिका जानेकी थिइन्। यसले पनि उनलाई अचार व्यवसाय गर्ने आँट दियो।

    आमाछोराले हप्तामा पाँच किलो अचार बनाएर व्यवसाय सुरू गरे। सुरूआतमै बजार पाउने छाँट देखियो। बजार पठाउने भएपछि नाम चाहियो, ब्रान्ड बनाउनु पर्‍यो।

    ‘धेरै सोच्नै परेन। घरको भान्सामा बनाएको अचार भएकाले नामै घरको अचार राख्यौं। यसैलाई ब्रान्ड बनाउन थाल्यौं,’ रोहनले भने।

    बजार राम्रै देखेपछि उनीहरूले उत्पादन बढाउने भए। मरमसला र प्याकेजिङमा चाहिने सामान जुटाए। यो सबैमा ६० हजार रूपैयाँ खर्च भयो। रोहनले नाम सुहाउँदो लोगो पनि बनाए। पहेँलो रङको घरको चित्रमा ‘घरको अचार’ लेखे। एक छेउमा डल्ले खुर्सानी झुन्ड्याए।

    उनले ‘घरको अचार’ नामको फेसबुक पेज, वेबसाइट र इन्स्टाग्राम अकाउन्ट बनाए। यी सञ्जालमार्फत प्रचारप्रसार सुरू गरे। यससँगै उत्पादन बढाउन थाले।

    रोहन भन्छन्, ‘अचारको स्वाद र गुणस्तरमा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थाल्यो, धेरैलाई मन पर्‍यो।’

    अर्डर बढेसँगै हप्तामा एकपटक बनाउने अचार दिनदिनै बनाउनुपर्ने भयो। अचार बनाउने हातैले हो। प्याकेजिङ मात्र मेसिनबाट हुन्छ। आमाछोरा पूरै व्यस्त हुन थाले।

    चार वर्षमा घरको अचारको माग र उत्पादन बढ्दै जाँदा लगानी बढेको छ। आम्दानी पनि। सानो लगानीमा घरबाटै व्यवसाय चलाएर आम्दानी गर्न सकिन्छ भन्ने प्रेरक उदाहरण हुन् आमाछोरा कमला र रोहन।

    घरको अचारलाई लोकप्रिय ब्रान्ड बनाउँदै जाने सपना देखेका रोहन भन्छन्, ‘अहिलेसम्म हाम्रो लगानी दस लाख रूपैयाँ पुग्यो। तीनै परिकारका अचारमा वार्षिक १२ लाख रूपैयाँको कारोबार हुन्छ। यति राम्रो व्यापार होला भन्ने सोचकै थिएनौं। यो व्यवसाय बढाउँदै जान्छौं।’

    बिहिबार, फागुन ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.