१८ कात्तिक, काठमाडौं । रौतहटको गौरमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गएराति सवा ९ बजे भएको घटनामा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन् ।
घाइते यादवलाई सुरुमा प्रादेशिक अस्पताल गौर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
प्रहरीका अनुसार यादवको शरीरमा गोलीका छर्रा लागेका छन् । घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेका छन् ।
गोली प्रहार गर्ने व्यक्ति तथा घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक जना घाइते
अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक जना घाइते
तपाईको प्रतिक्रिया



