काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पत्रकार धरपकडलगायतका घटनाको निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।
सोमबार बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारका पछिल्ला गतिविधिले विधिको शासन, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रश्न उठाएको निष्कर्ष निकाल्दै छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको हो ।
बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्पष्ट कानुनी आधार र अदालतको अनुमतिबिना समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरिनु आपत्तिजनक भएको बताए ।
उनले निर्वाचनबाट प्राप्त जनमत संविधान र कानुनभन्दा माथि नहुने उल्लेख गर्दै सरकारका गतिविधिबारे संसद् र जनतालाई जवाफ दिनुपर्ने बताए ।
कांग्रेसले पत्रकार धरपकड तथा सरकारसँग जोडिएका विवादित घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको छ ।
सरकारका राम्रा काममा समर्थन रहने तर विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणविरुद्धका गतिविधि भए कडा प्रतिरोध गर्ने आङदेम्बेले चेतावनी दिए ।
पत्रकार पक्राउ प्रकरणमा सरकारलाई कांग्रेसको दबाब, संसदीय समिति गठनको माग
पत्रकार पक्राउ प्रकरणमा सरकारलाई कांग्रेसको दबाब, संसदीय समिति गठनको माग
तपाईको प्रतिक्रिया



