१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज हुँदैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे शपथग्रहण समारोह आयोजना गरिएको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापतिबाहेकका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउने कार्यक्रम तय भएको छ।
सभापति गगनकुमार थापाले भने असोज ३१ गते नै शपथग्रहण गरी पदभार सम्हालिसकेका छन्। निर्वाचन समितिले यसअघि सूचना जारी गर्दै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेको थियो।
कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ। पार्टी विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था छ। बाँकी ६६ सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान रहेको छ।
यसैबीच, बाँकी सदस्य मनोनीत गर्ने विषयमा छलफल गर्न आजै केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारीसमेत गरिएको छ।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आज शपथ लिँदै
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आज शपथ लिँदै
तपाईको प्रतिक्रिया



