२३ असोज, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पाँच जनालाई तीन महिना कैद र जनही १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
सजाय पाउनेमा बुढीगंगाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, तत्कालीन इन्जिनियर पारस खाती, जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र तत्कालीन सब–इन्जिनियर गणेशराज रेग्मी रहेका छन् ।
यसै मुद्दामा अन्य नौ जना प्रतिवादीले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा तत्कालीन अधिकृत छैटौँ नरेन्द्रनाथ, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री र शिक्षा अधिकृत जयराज न्यौपाने छन् ।
त्यस्तै, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, प्रशासन सहायक बसन्तबहादुर थापा र जागृति तथा एम.के. नेपाल जेभीका आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहले पनि सफाइ पाएका छन् ।
अदालतको फैसलाअनुसार पाँच जनाले कैद र जरिवाना भोग्नुपर्नेछ भने नौ जना प्रतिवादीले आरोपबाट सफाइ पाएका छन् ।
बुढीगंगा भवन भ्रष्टाचार मुद्दा : पाँच जनालाई जेल सजाय
बुढीगंगा भवन भ्रष्टाचार मुद्दा : पाँच जनालाई जेल सजाय
तपाईको प्रतिक्रिया



