२३ असोज, काठमाडौं । सरकारले नवीकरणीय ऊर्जा प्रवर्द्धन र ऊर्जा दक्षता बढाउन स्वशासित केन्द्र तथा दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।
विधेयकमा नवीकरणीय ऊर्जाको पहिचान, विकास र विस्तार तथा ऊर्जा संरक्षणका लागि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता केन्द्र स्थापना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । केन्द्रको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र यो स्वशासित संगठित संस्थाका रूपमा सञ्चालन हुनेछ ।
प्रस्तावित केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्ने, अनुसन्धान तथा नयाँ प्रविधिको विकास गर्ने, ऊर्जा दक्ष उपकरणको परीक्षण तथा प्रमाणीकरण गर्ने र तीनै तहका सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
त्यस्तै, नवीकरणीय ऊर्जामा निजी क्षेत्रको लगानी बढाउने, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने तथा कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी आयोजना विकास गर्ने जिम्मेवारी पनि केन्द्रलाई दिने प्रस्ताव गरिएको छ ।
मन्त्रालयका अनुसार नवीकरणीय ऊर्जाको प्रवर्द्धन, वातावरण संरक्षण, ऊर्जाको उचित उपयोग र बचतमार्फत दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यले विधेयक ल्याइएको हो ।
6. ऊर्जा दक्षता बढाउन स्वशासित केन्द्र र कोषको अवधारणा
6. ऊर्जा दक्षता बढाउन स्वशासित केन्द्र र कोषको अवधारणा
तपाईको प्रतिक्रिया



