२३ असोज, पोखरा । कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच जनामध्ये चार जनाको सनाखत भएको छ । एक जना मृतकको पहिचान खुल्न बाँकी छ ।
सनाखत हुनेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीया सुवेच्छा तिवारी रहेका छन् ।
शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस शुक्रबार बिहान पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्किने क्रममा ओख्लेभीर भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेका व्यक्तिहरूलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार दुर्घटनामा परेका १७ जनामध्ये पाँच जनालाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो । बाँकी १२ जनाको उपचार भइरहेको छ ।
घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेलको आईसीयूमा उपचार भइरहेको छ । अन्य घाइतेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी र १४ वर्षीया आकृति बुढाथोकी रहेका छन् ।
त्यसैगरी ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ ।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।
2. पोखरामा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु; ४ जनाको सनाखत
2. पोखरामा स्कुल बस दुर्घटना, ५ जनाको मृत्यु; ४ जनाको सनाखत
तपाईको प्रतिक्रिया



