१९ असोज, काठमाडौं ।प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकार कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको बताए ।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीको समेत सहभागिता थियो । उनीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विपद् व्यवस्थापनको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्ने बताए ।
‘हामीले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,’ प्रधानमन्त्री शाहले भने ।
उनले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी व्यवस्थापन तथा पुनर्स्थापनाका काम अघि बढिरहेको जानकारी दिए ।
प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको बताए । हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि सरकारले आवश्यक काम गरिरहेको उनको भनाइ थियो ।
विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यान जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गरे ।
प्रधानमन्त्री शाह : चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ
प्रधानमन्त्री शाह : चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ
तपाईको प्रतिक्रिया



