काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन फिजी पुगेका छन्।
फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल फिजी पुगेको हो।
मन्त्री खनालले कार्यक्रममा हुने नेताहरूको पूर्ण सत्र (लिडर्स प्लेनरी)लाई सम्बोधन गर्नेछन्। उक्त सत्रअघि उनले पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम छ।
जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने कार्यक्रममा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
फिजी र टुभालुमा हुने कार्यक्रममा सहभागिता जनाएपछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नेछन्। उनले अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
भेटवार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ।
प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल फिजी जाँदै
प्रि–कोप लिडर्स इभेन्टमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल फिजी जाँदै
तपाईको प्रतिक्रिया



