काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिन लागेको पाण्डेले बताएका छन्।
पार्टीका सबै तह र पुस्ताका नेता–कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा जोड्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।
पाण्डे यसअघि तीनपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन्। उनी गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा कार्यरत छन्।
मुख्यमन्त्री पाण्डेले घोषणा गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी
मुख्यमन्त्री पाण्डेले घोषणा गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी
तपाईको प्रतिक्रिया



