काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
प्रसाईंको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको आधार र कारणसहित ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।
प्रसाईंलाई प्रहरीले असार १२ गते पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनीमाथि विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रसाईंले युट्युबमार्फत सांसद खतिवडाका छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप छ। सोही विषयमा अनुसन्धानका क्रममा पक्राउ परेपछि उनले गैरकानुनी थुनामा राखिएको दाबीसहित बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।
प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
तपाईको प्रतिक्रिया



