काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी, मधेस, बागमती, राजधानी प्रदेश तथा सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।
मंगलबार एमाले पार्टी कार्यालयबाट प्रदेशका नेताहरूलाई सम्बोधन गर्दै ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदन कार्यान्वयनमा जोड दिएका हुन्।
ओलीले केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीका तत्कालीन प्रमुख कार्यभार तय गरेको भन्दै त्यसलाई पूरा गर्न १५ वटा काम अघि बढाउनुपर्ने बताए। उनले ती कामका लागि तयार रहन प्रदेशका नेताहरूलाई निर्देशनसमेत दिएका छन्।
‘हाम्रो भर्खर सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेले गर्ने तत्कालीन प्रमुख कार्यभार तोकेको छ। त्यो कार्यभार पूरा गर्न १५ वटा काम गर्नुपर्छ। त्यसका लागि तपाईंहरू सबै तयार रहनुहोला,’ ओलीले भने।
उनले पार्टीलाई एकढिक्का बनाएर स्थानीय निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउने गरी पार्टी पंक्ति परिचालन गर्न प्रदेशका नेताहरूलाई आग्रह गरे।
ओलीले संविधान र लोकतन्त्र घाइते अवस्थामा रहेको दाबी गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएका छन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अध्यक्ष ओलीले बुधबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्ने तयारी छ।
प्रदेशका एमाले नेतासँग ओलीको भर्चुअल बैठक
प्रदेशका एमाले नेतासँग ओलीको भर्चुअल बैठक
तपाईको प्रतिक्रिया



