काठमाडौँ । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले दाइजो प्रथाले मधेससहित सिंगो नेपाली समाजमा पारेको असरबारे अध्ययन गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले दाइजो लिनु–दिनु कानुनी अपराध भए पनि व्यवहारमा अझै कायम रहेको बताइन् । दाइजोकै कारण छोरीहरूले शारीरिक तथा मानसिक यातना भोग्नुपरेको र अभिभावकमा आर्थिक तथा मानसिक दबाब बढेको उनको भनाइ छ ।
सांसद कर्णले मधेसमा बालबालिकामा लागुऔषध दुर्व्यसनसमेत बढिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । १०–११ वर्षका बालबालिका समेत कुलतमा फसेको उल्लेख गर्दै उनले दाइजो प्रथा र लागुऔषध नियन्त्रणका लागि कठोर कानुन बनाउन तथा सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग माग गरिन् ।
दाइजो प्रथाविरुद्ध अध्ययन गर्न सांसदको माग
दाइजो प्रथाविरुद्ध अध्ययन गर्न सांसदको माग
तपाईको प्रतिक्रिया



