काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका समितिको नयाँ नेतृत्व चयनका लागि दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ।
समितिको सभापतिका लागि वर्तमान उपसभापति ज्योति भण्डारी र जितबहादुर मल्लले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन्।
भण्डारी प्यानलबाट उपसभापतिमा गणेश घिमिरे, महिला उपसभापतिमा गंगा पन्थी, सचिवमा अर्जुन गिरी र सहसचिवमा नारायण खनाल उम्मेदवार छन्।
मल्ल प्यानलबाट उपसभापतिमा तीर्थराज काफ्ले, महिला उपसभापतिमा करुणा मल्ल, सचिवमा रमेशप्रसाद अधिकारी र सहसचिवमा सूर्यप्रसाद काफ्ले उम्मेदवार छन्।
सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ। निर्वाचन अधिकृत जीवनारायण अधिकारीका अनुसार अहिले मतदाता परिचयपत्र वितरणलगायत निर्वाचन प्रक्रिया अघि बढिरहेको छ भने मतदान पनि जारी छ।
बुटवल उपमहानगर समितिको निर्वाचनमा करिब ६ सय क्षेत्रीय प्रतिनिधि मतदाता रहेका छन्।
बुटवल कांग्रेसमा दुई प्यानलबीच भिडन्त, मतदान जारी
बुटवल कांग्रेसमा दुई प्यानलबीच भिडन्त, मतदान जारी
तपाईको प्रतिक्रिया



