काठमाडौँ । बाढीका कारण क्षतिग्रस्त गल्छी–रसुवागढी सडकखण्डको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि बेलायत सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्साल र बेलायती दूतावासका वरिष्ठ विकास काउन्सिलर एलेक्स ल्युको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच सोमबार मन्त्रालयमा भएको भेटवार्तामा बेलायतले सहयोग गर्ने जानकारी दिएको हो।
भोटेकोशी बाढीपछि सडकखण्डमा पुगेको क्षति, पुनर्निर्माण तथा पुनर्स्थापनाका विषयमा भेटवार्तामा छलफल भएको मन्त्रालयले जनाएको छ। बेलायतले सडक सञ्चालनमा ल्याउन आवश्यक बेलिब्रिज निर्माण तथा पुनर्निर्माणका साथै अन्य पुनर्स्थापनाका काममा समेत प्राविधिक र आर्थिक सहयोग गर्ने जनाएको छ।
मन्त्रालयका अनुसार भेटवार्तामा नेपालले अघि बढाएका दिगो वित्तीय व्यवस्थापन, डिजिटल रूपान्तरण र विपद् उत्थानशील विकासका क्षेत्रमा बेलायतले गर्दै आएको तथा आगामी सहयोगका विषयमा समेत छलफल भएको थियो।
बाढीबाट क्षतिग्रस्त सडक तथा पुलहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राख्दै सरकारले अघि बढाइरहेको प्रयासमा बेलायतको सहयोगले पुनर्स्थापना कार्यलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
गल्छी–रसुवागढी सडकमा बेलायतको आर्थिक र प्राविधिक सहयोग
गल्छी–रसुवागढी सडकमा बेलायतको आर्थिक र प्राविधिक सहयोग
तपाईको प्रतिक्रिया



